कम्प्युटर मानव जातिको लागि विज्ञानको एउटा अद्भूत उपहार हो । यो आधुनिक युगको सबभन्दा महत्वपूर्ण अविष्कार मध्येको एक हो । यसले हाम्रो जीवन सजिलो बनाई दिएको छ त्यसैले होला आजको यस युगलाई कम्प्युटरको युग भनिएको छ । मानवद्वारा अविष्कार गरिएको धेरै मध्येको यो बहु उपयोगी र बहुत प्रभावशाली उपकरण हो कम्प्युटर । आजको यो लेख लेख्दा र यसको प्रकाशन चाहे त्यो कागजमा होस् वा औनलाइन यसमा पनि कम्प्युटरकै प्रयोग भएको छ । यी सुविधाको प्रयोग गर्दा हामीले यसको अविष्कारक वैज्ञानिक चाल्र्स बैबेजलाई धन्यवाद दिनै पर्छ । वहाँ एक गणितका महान प्रोफेसर हुनु हुन्थ्यो । त्यही चाल्र्स बैबेजद्वारा १९औं शताब्दीमा कम्प्युटरको आविष्कार गरिएको थियो । जुन एउटा यान्त्रिक कम्प्युटर थियो । त्यसैले चाल्र्स बैबेजलाई आधुनिक कम्प्युटरको पिता भनेर भनिन्छ । आजको २१ औं शताब्दीमा आउँदा सम्म यसको आवश्यकता अनुसार विभिन्न विकसित र परिमार्जन गरिदै लगिए पनि यस आधुनिक कम्प्युटरको अधारभूत परारुप चाही चाल्र्स बैबेजले नै गरेका हुन् । यो एउटा इलेक्ट्रोनिक गणना मेशीन हो । यो सरल डाटामा अधारित हो । यसबाट धेरै कामहरू कम समयमा अधिक शुद्धताका साथ सम्पादन गर्न सकिन्छ । आज म कम्प्युटरको प्रयोग गरि रहदाँ आफ्नो कम्प्युटर गुरु मनोज कुमार चौधरीको सम्झना आयो । नमन छ गुरुलाई ।
कम्प्युटरको कुरा गर्दा यो दुई किसिमको छ । एउटा हो डेक्सटप, जुन एक निश्चित ठाउँमा राखेर प्रयोग गरिन्छ । सबभन्दा पहिले यसैको अविष्कार भएको थियो । शुरुको अवस्थामा यसको आकार धेरै नै ठूलो थियो । विश्वको प्रथम कम्प्युटरले करिब १८०० वर्ग फिटमा फैलिएको थियो । यसमा २०० किलोवाटको इलेक्ट्रिक पावर, करिब ७०,००० रेसिस्टार, १०,००० कपासिटर र १८,००० भयाक्युम ट्यूवको प्रयागले यसको तौल करीब ५० टनको थियो । समयको मांग र प्रयोग अनुसार आधुनिक डेक्सटप कम्प्युटर पनि एउटा टेबलको एक छेउमा मात्र अटाउने भएको छ भने अर्को हो लैपटप । सबभन्दा पहिले सन १९८१ मा एडम ओसर्बले लैपटाप कम्प्युटरको अविष्कार गरेका थिए । जुन सधै आफुलाई पायक पर्ने कुनै पनि ठाउँमा सजिलै प्रयोग गर्न सकिन्छ ।
आज भोली कम्प्युटरको प्रयोग कुनै पनि काम सम्पादन गर्नको लागि गरिन्छ । यसमा पहिले देखि संग्रह गरिएको डाटालाई परिवर्तन गर्नुका साथै नयाँ डाटालाई पनि सुरक्षित साथ राख्द छ । यसले गर्दा हामी यसमा धेरै भन्दा धेरै डाटाहरू एकै ठाउँमा संकलन गर्न सक्छौ । यसमा किबोर्ड र माउसको सहयोगले डाटाहरू प्रविष्ट गरिन्छ भने कम्प्युटरको दिमाग भनेको सेन्ट्रल प्रोसेसि∙ युनिट (सि.पि.यु.) हो । यसले हामीलाई मोनिटर, प्रिन्टर, स्पिकर आदिको माध्यबाट आउटपुट दिने गर्दछ ।
कम्प्युटरको मुख्यरुपमा दुई भाग हुन्छ । एउटा सफ्टवेर हुन्छ । जसलाई हामी छुन सकिदैन तर आखाँले हेर्न भने सकिन्छ, हामी त्यसमा काम गर्न सक्छौ । सफ्टवेरको निर्माण कम्प्युटरमा काम सजिलो र सफासँग गर्नको लागि गरिन्छ । आजभोली हामी आफ्नो कामको आवश्यकताको अधारमा सफ्टवेर निर्माण गर्न सक्छौ वा गराउन सकिन्छ । त्यसैले जस्तो काम त्यसतै सफ्टवेर बनाईन्छ वा बनाउन लगाईन्छ । पहिलेको जेनेरेशनमा एउटा कामको लागि एउटा मात्र सफ्टवेर हुन्थ्यो भने आजको युगमा एउटै काम गर्न अनेक सफ्टवेरको प्रयोग गरेको पाईन्छ । अहिले यो लेख लेखि राख्दा म एमएस अफिसको एमएस वर्ड प्रयोग गरेको छु भने अरुले नोटपैड वा एडव पेजमेकरको पनि प्रयोग गर्न सक्छ । यसलाई ठूल–ठूलो कम्पनिहरूले प्रयोग कर्ताको आवश्यकतालाई ध्यानमा राखेर निर्माण गर्दछ । कतिपय सफ्टवेर निःशुल्क पाईन्छ भने कतिपयको लागि हामीले शुल्क तिर्नु पर्दछ । यो सफ्टवेरको पनि दुई भाग हुन्छ । एउटा हो सिस्टम सफ्टवेर भने अर्को हो एप्लिकेशन सफ्टवेर ।
कम्प्युटर विभिन्न प्रोग्रामहरूको समूह हुन्छ, जसबाट विशिष्ट कायहरू गरिन्छ । हार्डवेर भनेको हामीले आफ्नो आखाँबाट हेर्नुको साथ साथै छुन सकिन्छ । यसले एउटा निश्चित काम गर्नको लागि यसको निर्माण गरिएको हुन्छ । जस्तै ः किबोर्ड, माउस, मोनिटर, सिपियू, प्रिन्टर, प्रोजेक्टर, स्पिकर आदि ।
कम्प्यूटरबाट हामी ईमेल, मैसेज, औनलाइन समाचार, कुराकानी आदि इन्टरनेटको सहयोगले गर्न सकिन्छ । सबै किसिमको बिलहरू तिर्न सक्छौं । ंआज कम्प्यूटरको प्रयोगले पुरा विश्व एउटा कम्प्यूटरमा समाहित भएको अनुभुति हुन्छ । संसारको कुनै पनि एक कुनामा भएको घटना अर्को कुनासम्म पुग्न एक क्लिक र केही सेकेन्डको समयमा पुग्दछ । देश विदेशमा प्रत्यक्ष कुराकानी गर्न सस्तो र सुविधायुक्त बनाई दिएको छ । आज हामी कुनै बैंकको एउटा शाखामा खोलेको खाताबाट त्यसको कुनै पनि आफुलााई पायक पर्ने शाखाबाट रकम झिकन र जम्मा गर्न सक्छौं । कम्प्पयूटरमा भएको इन्टरनेटको सहयोगले घरमै बसेर कुराको किनबेच गर्न सकिन्छ । कम्प्यूटरको प्रयोग हवाई जहाज र बसको टिकट बुक गर्न र आफत परेको बेला घरमै बसेर कैन्सिल गर्न पनि सकिन्छ । कम्प्यूटरले हवाई उडानमा बहुत ठूलो सहयोग गर्दछ । हामीलाई चाहिने समाचार चाहे त्यो औनलाइन होस् वा छापा सबैमा कम्प्यूटरको प्रयोग नभई हुने हो । ठूलो शहरमा सडकमा हिडिरहेको गाडीहरुको नियमन गर्न पनि कम्प्यूटरको प्रयोग गरिएको हुन्छ । हाम्रो समाजमा भएको विभिन्न अपराधिक घटनाहरुमा संलगन रहेको अपराधीहरुको अभिलेख राख्न प्रहरीले कम्प्यूटरको प्रयोग गर्दछ । अस्पतालमा विरामीहरुको पुरानो अभिलेख राख्न तथा विशेष रुपले सर्जरी र पैथोलोजीको परिणाम निकालन तथा अभिलेखहरू राख्नको लागि कम्प्यूटरको प्रयोग गरिन्छ । आज तथा भोलीको मौसम के कस्तो रहने भने अनुमान गर्नको लागि पनि कम्प्यूटरको उपयोग गरिन्छ । पहिले बैंकमा खाता खोल्दा होस वा विभिन्न शिर्षकमा कारोबार गर्दा कागजपत्रले ठूल ठूलो दराजहरू भरेको हुन्थ्यो । एउटा बैंकमा खाताबालाको हस्ताक्षरको नमुना कार्ड मात्र राख्न कति दराज राखिन्थ्यो जब कि आजको भन्दा खाताधारीका संख्या बहुत न्यून हुन्थयो । आज कम्प्यूटरको सहयोगले बैंकको सबै शाखाको हस्ताक्षर नमूनाहरू हेर्न सकिने भएको छ । कम्पयुटरलाई ईन्टरनेटबाट जोडे पछि यसको उपयोगीतामा धेरै वृद्धि भएको छ ।
कम्प्युटर न केबल बालबालिका शिक्षकको लागि पनि उपयोगी भएको छ । यसले बालबालिकाको पढाईमा सहयोग गर्दछ भने शिक्षकको पनि प्रस्तुति गर्न सजिलो बनाइदिएको छ । आजको कोरोनाको युगमा विद्यार्थीको पनि विभिन्न सफ्टवेर तथा एपलिकेशनबाट शिक्षण गर्न सकिरहेको छ । औनलाईन कक्षाहरू पनि कम्प्युटरबाटै सम्भव भएको छ । शिक्षा र अनुसंधानको क्षेत्रमा कम्प्युटर नभइ नहुने साधन भएको छ ।
आजको समयमा, कम्प्युटर टेक्नोलोजीमा मानव जातिको निर्भरता धेरै छिटो बढ्दैछ। आजको समयमा कुनै पनि व्यक्तिले आफ्नो जीवनलाई कम्प्युटरविना कल्पना गर्न सक्दैन, किनकि यसले आफ्नो खुट्टा चारैतिर फैलाएको छ र मानिसहरू यसको लागि अभ्यस्त भएका छन् । यो पनि हरेक विद्यार्थीको जीवनको एक महत्त्वपूर्ण हिस्सा भएको छ । उनले प्रोजेक्टहरू बनाउन, कविता सिक्न, कथाहरू, परीक्षा नोटहरू डाउनलोड गर्न, जानकारी संकलन गर्न, इत्यादि प्रयोग गर्नका लागि धेरै समयमै प्रयोग गर्न सक्दछन् । विद्यार्थीहरूको सीप विकासको बृद्धिसँगसँगै यो उनीहरूलाई रोजगार लिनको लागि सहयोग पुर्यासउन पनि धेरै सहयोगी छ ।
कृष्णनगर, महम्मदपुर, गरूडा ५, रौतहट ।