रौशन कुमार चौधरी । रौतहट । असार २८ गते
रौतहट जिल्लाको पर्यटनका लागि प्रचुर सम्भावना बोकेको गढिमाइ नगरापलिकाको बारेमा अहिले चार्चा नै चलिरहेको छ । त्यसको कारण हो । भगवान शंकरको शिवलिंग जमिनमुनि भाँसिएर जानु । रौतहटको गढीमाइ नगरपालिका रहेको शिवलिङग जमिनमुनि धसेको छ । सो नगरपालिकाको वडा नम्बर २ समनपुर टोलमा रहेको शिव भगवानको शिवलिङग आइतबार करिब २ बजेको समयमा आफै एक जना स्थानियको पुजापाठ सकेपछि जमिन भित्र गएको पुजारी शंकर गिरीले बताउनु भयो । उहाँका अनुसार आइतबार बिहानसम्म सो शिव लिङग जमिनको सतहबाट १० इन्च उचाइसम्म रहेकोमा दिउसो ३ बजे एक्कासी जमिनमुनि धसेको हो ।
विगत ४० बर्ष अगाडीदेखि सोही मन्दिरमा पुजारीको जिम्मेवारी सम्हाल्दै आउनु भएका गिरीले यस्तो पहिलो पटक देख्दा अनौठो लागेको पुजारी गिरीले बताउनु भयो । शिवलिङग जमिनमुनि धसेपछी हेर्न आउने भक्तजनको भिड लागेको छ । यसको जाँच पुरातात्विक विभाग बाट गराउन माग गरेको छन् ।