यो आलेख तयार हुँदै गर्दा झट्ट सम्झेँ । आज बिहानदेखि अहिलेसम्म मैले के के गरेँ । मोबाइलको आलरामले बिउँझिएकी म मुख धुनुभन्दा अगाडि नै फेसबुक भित्र छिरेँ । जन्मदिन र एनिभर्सरीका शुभकामनाहरु लेखेँ । एउटै मान्छेको लागि शुभकामना पनि धेरै ठाउँमा लेखेँ । सरसर्ती समाचार पढेँ र मोबाइलमा भजन बजाएर बिहानको काम गर्न थालेँ । चिया नास्ताको समयमा चिया पिउँदैक्लबहाउसका बहसहरु सुनेँ । ट्विट हेरेँ , रिट्विट गरेँ । ब्रेकिङ्ग न्युज भन्दै आएका समाचारहरु पढेँ । युट्युवबाट ह्रेर्ने कथा बजाएर खानापकाउन थालेँ । दिउँसो घरायसी कामसँगै आफन्तहरुसँग साथीसँग भिडियो च्याट गरेँ , टिकटक अपलोड गरेँ , लाइक कमेन्ट गरेँ , युट्युव प्राइम भिडियो र नेटफ्लिक्सतिर चहारेर एउटा सेरिजको केही एपिसोड हेरेँ । अहिले यही मोबाइलमा यो आलेख तयार पार्दै छु ।तपाईँ पनि एकपटक सोच्नुहोस् त बिहान उठेदेखि अहिलेसम्म के के गर्नुभयो ? तपाईँका नानीबाबुले के के गर्दै थिए । सम्झिनु भो ! केके गर्नुभएछ त ?सभा , समारोह , साथी , आफन्त भेटघाट हामी जहाँ पुग्छौँ एकैछिनमा मोबाइलतिर एकोहोरिन्छौँ । आफ्नै वरिपरि बोलेरसंवाद कम गर्छौँ र मेसेन्जरमा टाइप गरेर घन्टौँ बिताउँछौँ गेम मोबाइलमा खेल्छौँ । इमोजी रियाक्ट गरेर हाँस्छौँ , रुन्छौँ , प्रसंसा गर्छौँ ।हाम्रा कुराकानी पनि यिनै सन्जालसँग जोडिएका हुन्छन् । हामी सन्जालको जालोमा फसिएका छौँ ।हामी जहाँ जहाँ पुग्छौँ जालो बोकेरपुग्छौँ । उसो त सन्जालको धेरै फाइदा छ । यो आलेखमा भने मेरो अनुभूति अनुसार सन्जालका केही कमजोर पक्षका बारेमा मात्र चर्चागर्न खोजेकी छु । विगत एक दशक अगाडिको हाम्रो दैनिकी र अहिलेको हाम्रो दैनिकीबिच ठूलो अन्तर छ । मोबाइलको प्रयोग र इन्टरनेटकोविस्तारले विश्वलाई साँघुरो र हामीलाई सहज बनाइदिएको छ । हामी घरमै बसी बसी संसारका खबर थाहा पाउन सक्छौँ , प्रतिक्रिया जनाउन सक्छौँ , आम्दानी गर्न सक्छौँ , खर्च गर्न सक्छौँ, रमाउन सक्छौँ , सुचना बटुल्न र आफुलाई मनमा लागेका कुराव्यक्त गर्न सक्छौँ । अहिले मानिस मोबाइलको अलारामले बिउँझन्छ र रातमा मोबाइल स्क्रोल गर्दागर्दै निदाउँछ ।
मोबाइल हाम्रो दैनिकीसँग यसरी जोडिएको छ कि हामी एकछिनपनि मोबाइलबाहेक यात्रा गर्दैनौँ । हाम्रो हातको मोबाइलभित्र हामी हराउने भुलभुलैया जस्तो संसार छ । मोबाइल सँगसँगै टिभी ,ल्यापटप , ट्याब लगायतका अन्य उपकरण पनि छन् । हाम्रा दैनिक क्रियाकलाप यिनै उपकरणहरुसँग सिमितभएका छन् । यिनै सामग्रीद्वारा निर्देशित भएका छन् । मोबाइल लगायतका इन्टरनेट जडित अन्य उपकरण हाम्रो जीवनको अभिन्न अंगबनेको समय हो यो । सन्जालमा सबै उमेरसमुहका सबै रुचि र आवश्यकता पूर्तीका लागि उपयुक्त सामग्री उपलब्ध छन् । स साना बालबालिकाहरुकानिमित्त युटुव र अन्य स्थानमा कार्टुनहरु उपलब्ध छन् । हिन्दीमा उपलब्ध कार्टुनहरुको प्रभाव हाम्रा बालबालिकाको भाषामा परेको छ ।हाम्रा अधिकाँश बालबालिकाहरु हिन्दी र नेपाली मिशृत भाषा बोल्छन् । किशोरकिशोरीहरु फ्रिफाएर , पब्जी जस्ता अनलाइन गेममा व्यस्त छन् । किशोरकिशोरीलाई लक्षित गरेर च्याटका लागि बिभिन्नसाइटहरु पनि छन् । घरको एउटा कुनामा बसेर चुपचाप घन्टौँ खेलिरहन्छन् । विश्वभरका मानिससँग कुरा गरिरहन्छन् ।
युवा तथा प्रौढहरु फेसबुकको भित्तादेखि सबै खालका सामाजिक सन्जालहरुको प्रयोग गरिरहेका छौँ । हाम्रो दैनिकीको अत्याधिकसमय सामाजिक सन्जालमा व्यतित भएको छ । सामाजिक सन्जालमा आउने सुचना र समाचारहरु , भाइरल खबरहरु पढ्दा पढ्दैसुन्दा सुन्दै समय ढल्केको पत्तै पाउँदैनौं । झन कोरोनाकालिन बन्दाबन्दीको समय त हाम्रा लागि इनटरनेटमा उपलब्ध अन्य सामग्रीसँगपरिचित हुने र प्रयोग गर्ने समय भएको छ । तर हामीले व्यतित गरिरहेको समय कति उत्पादनशील भएको छ त ? कति लाभदायक भएको छ त? के जति सुचना हामीलेलिइरहेका छौँ त्यो सबै हामीलाई आवश्यक छ ? ती सुचनाहरु कत्तिको बैधानिक छन् ? यतातर्फ पनि सोच्ने समय भएको छ । पछिल्लो समय चितवनमा लगायतका देशका अन्य स्थानमा पनि महिला हिंसाका धेरै घटनाहरु घटेका छन् । ती घटनाहरु आफैमापीडादायक छन् । घटनाप्रति सरकारी उदासिनतापनि निन्दनीय छ । यिनै घटनाले मन बिथोलीरहेको बेला अझ हिंसाका तीघटनाहरुबारे बिभिन्न शीर्षक बनाएर युट्युव लगायतका अन्य सन्जालमा बिभिन्न रिपोर्टहरु आउन थाले । आकर्षक शीर्षक राखेरबनाइएका यस्ता सामग्री मैले पनि हेरेकी छु । ती सामग्री मात्र भिउज कमाउने ध्याउन्नले बनाइएका जस्ता लाग्छन् ।अन्तर्वार्ताकानाममा पिडित परिवारलाई झन पीडा दिने काम गरिएको देखिने यस्ता सामग्रीले हामीलाई के सिकाउँछन ? यो त एउटा उदाहरण मात्र हो । घर घरमा पत्रकार र हातहातमा युट्य्व च्यानल बोकेर हिँडेको यो समय कताबाट फुत्त के भाइरलसमाचार आइदिन्छ पत्तै हुँदैन । त्यस्ता समाचारले हाम्रो चेतन र अवचेतन मनमा असर पारिरहेका हुन्छन् । यस्ता सामग्री हेर्ने जमात धेरैठूलो भैसकेको छ । धेरै समय समाजिक सन्जालमा घोरिएर हत्या हिंसा र बलात्कारका यस्ता सामाग्री हेरिरहँदा मानसिक रुपमा हामीआफै कमजोर हुन्छौँ । सुचना र प्रविधिको विकाससँगै असंख्य संभावनाका ढोका खुलेको छ । असिमित सुचना र जानकारीहरुपनि छन् तर ती सामग्रीकोविश्वसनीयता र आधिकारिकता के हो त ? यस्ता सामग्रीले हाम्रो , हाम्रा बालबालिका र किशोरकिशोरीको मानसिक विकासकालागि कस्तो भूमिका खेल्दै छ ? यसबारे पनि सोच्न जरुरी छ । याद गर्नुभएको छ , युट्युवमा गएर कुनै सामग्री सर्च गर्नुस लगत्तै त्यस्तै खालको अर्को सामग्री सिफारिस गरिएको हुन्छ । त्यहाँभनिएको हुन्छ तपाईँले यो सामग्री हेर्नुभएको हुनाले त्यस्तै खालको यो सामग्री तपाईँलाई सिफारिस गरिएको छ । यो हाम्रो मनोभाव रमानसिक स्वास्थ्यको नियन्त्रण कृतिम बुद्धिमत्ताद्वारा गर्न खोजिएको कारण भएको हो । जसलाई (एआइ ) अर्थात आर्ट्फिफसिएलइन्टलिजेन्सी भनिन्छ । हाम्रो प्रोफाइलमा आउने सम्पूर्ण सूचना र सामग्री यसैले नियन्त्रण गर्छ । हाम्रो अवचेतन मनसम्म यसकोनियन्त्रण र पहुँच पुगेको छ । सूचना र प्रविधिले असिमित अवसरसँगै चुनौती लिएर आएको छ । यो अवसरको , सम्भावनाको स्वछन्द युग हो । हामीले प्रबिधिकोविकास सँगसँगै छोटो समयमा नै बहुआयामिक परिवर्तनहरु देखेका छौँ । भोग्न पाएका छौँ । तर यी परिवर्तनहरुले हामीलाई यान्त्रिकबनाउने काम त गरिरहेको छैन । सन्जालबाट ज्ञान त बटुलेका छौँ तर ज्ञान बारे विमर्श गर्न नयाँ धारणको निर्माण गर्न हाम्रो सोचाईकोविस्तार हुन जरुरी छ । के हामीले सोच्ने समय निकालेका छौँ त ? हाम्रो आवश्यकता के हो ? के सबै समाचार , सबै जानकारी , सबैसाइट हाम्रालागि उत्तिकै आवश्यक छन त ? लाग्न थालेको छ उर्जाशील समय , कल्पनाशिलता , सक्रियता अनुत्पादक ठाउँमा खर्चभैरहेको छ । यो यसको सही व्यवस्थापन आजैदेखि गर्नु छ ।
हाम्रो जीवनको प्रगति हाम्रै हातमा छ । हाम्रो विषय , रुचि र कार्यदक्षता बढाउने सामग्री र केही मनोरञ्जन बाहेक अत्याधिक सन्जालकोप्रयोग पनि घातक हुन सक्छ । यसबारे सोचेर सोहीअनुसार प्रबिधिको प्रयोग गर्न सक्नु हाम्रोलागि चुनौतीको विषय हो । विचार गरौँ है! हामीले प्रबिधिको प्रयोग गरेका छौँ ठानिरहँदा कतै प्रबिधिद्वारा पो हामी प्रयोग भएका छौँ कि ।