राजेन्द्र महतो । लहान । असार २९ गते
सिरहामा करेन्ट लागेर चौपाया सहित एक जनाको ज्यान गएको छ ।
सिरहाको धनगढीमाई नगरपालिका ( १२ विष्णुपुरकट्टीमा बिहान करिब ५३०बजे स्थानीय बौका भनिने ३८ वर्षिय प्रमोद यादवको करेन्ट लागेर मृत्युु भएको हो।
यादव बिहान भैंसी लिएर पोखरीमा पानी खुवाउने क्रममा करेन्ट लागेर भैंसी र यादव को मृत्यु भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाइएको छ।
धनगढीमाई नगरपालिका (१२ विष्णुपुरकट्टी स्थित जीर्ण अवस्थाको पोखरीमा स्थानिय बाटोमा ढल निर्माणको लागि विद्युतको खम्भाबाट तार डाइरेक्ट तानेर पोखरीमा मोटर जडान गरी तार खुल्ला छोडिएको स्थानीय ले बताएका छ्न।
उक्त स्था
मृतक यादबको एक छोरा र पाँच छोरी रहेको पारिवारिक स्रोतले जनाएको छ । आर्थिक अबस्था कमजोर रहेकोले यादव परिवारलाई ज्याला मजदुरी गरेर जीवन धान्दै आएका थिए ।नमा ढल निर्माणको लागि उपभोगता समिति मार्फत काम थालिएको छ। घटना पछि उपभोक्ता समितिका सदस्य हरु संपर्क विहिन रहेका छन।