नेपालीको राजनीतिक परिदृश्यमा केपी शर्मा ओलीको सत्ता(बहिर्गमन अप्रत्यासित थिएन।अप्रत्यासित यस हुनाले थिएन किनकि नेपालमा कुनै पनि व्यक्ति प्रम नियुक्त भएको भोलिदेखि उक्त व्यक्तिको खुट्टा तान्ने बलियो परम्परा छ। अर्थात कुनै पनि व्यक्ति प्रममा नियुक्त हुने बित्तिकै उक्त व्यक्तिलाई पदच्यूत गर्न अनेक राष्ट्रिय र अन्तरार्ष्ट्रिय शक्तिहरु सक्रिय हुन थाल्छन। यो कारणले गर्दा नै २०४६।४७ को राजनीति परिवर्तन भएछि जति जना प्रम भए त्यस मध्ये कुनै प्रमले पनि आफ्नो कार्यकालको पूर्ण समय काम गर्न पाएको देखिंदैन। २०४६।४७ देखि हाल ९२०७८० सम्ममा, यो ३१ वर्षको अवधिमा, २७ पटक नेपालमा प्रधानमन्त्री फेरिएको देखिन्छ। कुनै पनि प्रधान मन्त्रीले आफ्नो कार्यकालको पूर्ण समय कार्य गर्न पाएको देखिंदैन। नेपालका प्रधान मन्त्रीहरूले पदमा बसेर काम गर्न पाएको अवधिको विश्लषेण एवं मूल्यांकन गर्ने हो भने कुनै पनि प्रधानमन्त्रीले आफ्नो कार्यशैलीको कारणले होइन सत्ताको लागि गरिने दाउपेंचले गर्दा आफ्नो कार्यकाल समाप्ती पूर्व नै सत्ताच्यूत हुनु परेको तथ्य प्रष्ट हुन आउँछ। यो कारणले गर्दा नै पूर्व प्रम केपी ओली सत्ताच्यूत हुनु अप्रत्यासित राजनीति घटना थिएन। ओली आफ्नो कार्य अकुशलताको कारणले होइन, आफ्ना विरोधीहरूको अनेक दाउपेंचले गर्दा सत्ताबाट बाहिर हुन पुगेका हुन। नेपालमा कुनै पनि व्यक्ति प्रम हुनासाथ उसलाई हटाउन इतर र भितर वा सम्पूर्ण शक्तिहरू सक्रिय हुनु, ती शक्तिहरू एक जुट हुनु जस्तो हामीले स्थापित गरेको राजनीतिक संस्कारको निरन्तरताले ओलीलाई सत्ता बाहिर पुर्याउन महत्वपूर्ण भूमिका खेल्यो। अहिलेको नव नियुक्त प्रम शेरबहारदुर देउवाको नियति पनि ओलीझै हुनेछ। शेरबहारदुर देउवालाई प्रम पदबाट हटाउन अनेक शक्तिहरू सक्रिय हुने छन। त्यसकारण नेपालको राजनीतिमा प्रम हुने व्यक्तिको कार्य कुशलताले ऊ कति लामो अवधिसम्म प्रम पदमा रहन सक्छ भन्ने कुराको निर्धारण गर्दैन, कति धेरै दृश्य अदृश्य शक्तिहरू प्रमलाई हटाउन सक्रिय हुने छन् त्यस कुराले निर्धारण गर्दछ। हाम्रो सन्दर्भमा प्रम जति कुशल, इमन्दार, राष्ट्रवादी भए पनि उसका ती विशेषताहरूले उसलाई लामो अवधिसम्म वा पूर्ण कार्यकालसम्म काम गर्न दिन सहयोग पुर्याउँदैनन। ओलीलाई प्रमबाट हटाउन माथि उल्लेख गरिएको कारणले मुख्य भूमिका खेलेको थियो। तर माथि उल्लेख गरिएको कारणलाई प्रभावकारी ढङ्गबाट सम्पादन हुन दिन केही अन्य सहायक तत्वहरूले पनि काम गरेका थिए। अर्थात केही यस्ता तत्वहरू छन् जसले कुनै पनि प्रमलाई लामो अवधिसम्म काम गर्न दिंदैनन। ती तत्वहरू यसप्रकार छन । मेडियाको भूमिकास् केही अपवादलाई छाडेर कुरा गर्ने हो भने नेपालका सम्पूर्ण पत्र पत्रिका, रेडियो, टेलिभिजन आदिले कुनै पनि व्यक्ति नेपालको प्रम हुनासाथ उसको विरुद्धमा लेख्न आरम्भ गर्छन। ती सञ्चार गृहहरूले आफ्नो पत्रपत्रिका वा सञ्चार माध्यमको लोकप्रियता बढाउन वा पत्र पत्रिकाको बिक्री बढाउन त्यस्तो गर्छन तर त्यस्तो कार्यले व्यक्तिहरूमा नकारात्मक भाव बढाएर राजनीतिलाई अस्थिर पार्ने कार्य मात्र गर्दछ। देशको राजनीतिलाई स्थिर पार्नमा कुनै पनि किसिमको योगदान पुर्याउँदैन। ओलीको सन्दर्भँमा पनि त्यस्तै भयो। ओली प्रम भएको भोलिपल्ट देखिनै केही सञ्चार माध्यमहरूले निरन्तर रुपमा उनको विरुद्ध बोल्न र लेख्न थाले। केही ठूल ठूला सञ्चार गृहहरू त ओलीको पछाडी हाथ धोएर नै लागे। उनीहरूले ओलीलाई सत्ता बाहिर पुर्याउने कार्यमा सफलता प्राप्त गरे। ओली सत्ताबाट बाहिर पुगे पनि। ओलीको बहिर्गमन पछि निरन्तर ओलीको बिरोध गर्ने पत्र पत्रिका, रेडियो, टि भ हरूले के पाए तरु उल्टो राष्ट्रिय राजनीति अस्थिर भयो । ओलीमा सहकार्य भावनाको अभावस् आफ्ना विरोधीहरूलाई आफ्ना कार्य, योजना, नीति आदि प्रति सहमत गराउन ओलीले अनेक तरिका कुशलता लचकता प्रयोग गर्नुको साटो उनले आफ्ना बिरोधीहरूलाई तह लगाउन अनेक तरिकाहरू प्रयोग गर्न थाले फलस्वरूप उनका विरोधहरूको संख्यामा दिनप्रति दिन वृद्धि हुन थाल्यो। साथै विभिन्न दिशामा मुख फर्काए बसेकाओलीका बिरोधीहरु एकजुट हुने वातावरण समेत पनि सृजना भयो। आफ्नै दलका सांसदहरू ९नेपाल समूह० प्रतिपक्षीहरू सँग सहकार्य गर्न हिंडे। एमालेपार्टीका वरिष्ट नेता माधवकुमार नेपाल नै देउवासँग अनौठो साँठगाँठ गर्न पुगे। यस्तो अनौठो साँठ गाँठ राजनीतिक वृतमा कमै देख्न पाइन्छ। हुन पनि आफ्नै दलका प्रमलाई हटाउन माधव नेपाल प्रतिपक्षी दलका नेता देउवालाई गुहार्न पुगेका थिए। यो इतिहासले कहिले नबिर्सिने घटना थियो । प्रम सरह शक्तिसाली रहने सत्तारूढ दलका वरिष्ठ नेताहरूमा उच्चाकांक्षास् नेका, एमाले, जसपा वा जुनसुकै राजनीतिक दलका नेताहरूमा एक अचम्मको सत्ता(मोह मनरोग देखिएको छ। त्यो सत्ता(मोह मनरोग के हो भने आफ्नो दलको कुनै व्यक्ति प्रम भएको छ भने त्यस दलका वरिष्ठ नेताहरूले आफूलाई पनि प्रम सरह ठान्ने र यसो गर, त्यस्तो गर भनेर प्रमलाई निर्देशन दिने। वा आफ्नो इच्छा अनुसारको कार्य गर्न प्रमलाई बाध्य पार्ने। प्रमको कार्यमा हस्तक्षेप गर्ने। प्रमले आफ्नो इच्छा अनुसार कार्य नगरेमा उसको तिब्र आलोचना गर्ने। तिब्र आलोचना गरेर पनि प्रमले आफूले भने अनुसार नगरे प्रमलाई पदबाट हटाउन अनेक दाउपेंच प्रयोग गर्ने। परे विपक्षी दलहरूसँग साँठगाँठ गरेर भए पनि आफ्नै दलका प्रमलाई सत्ता बाहिर पठाने। यस्तै कार्य अहिले माधवकुमार नेपालले गरे। ओलीले आफ्नो इच्छा अनुसार कार्य नगरिदिएको झोंकमा नेपालले ओलीलाई सत्ताबाहिर पुर्याए। प्रमलाई उनकै दलका वरिष्ठ कहलिएका नेताहरूले स्वतन्त्रतापूर्वक काम गर्न नदिनु पनि नेपालमा छिटो छिटो प्रम फेरिनुको एक महत्वपूर्ण कारण बन्न पुगेको छ। प्रम भएका दलका वरिष्ठ नेताहरूले आफूलाई प्रम सरह मान्नु वा शक्तिसाली हुन खोज्नु जस्तो शक्ति(मोह मनरोग नेपालका हरेक राजनीतिक दलमा देखिएको छ। नेताहरूमा देखिएको यो शक्ति(मोह मनरोगले नेपालको राजनीतिलाई सदा अस्थिर पारेको छ। कुनै पनि प्रमलाई आफ्नो कार्यकालको पूर्ण समय काम गर्न दिएको छैन। भोलिका दिनमा माधव कुमार नेपाल प्रम भएमा ओलीले पनि त्यस्तै गर्नेछन। ओलीले पनि माधव नेपाललाई यसो गर त्यसो गर भन्दै अनेक निर्दैशन दिने छन। यसो गर त्यसो गर भन्नुको अर्थ मेरो नजिकको मान्छेलाई मन्त्री, राजदूत वा आर्कषक पदमा राखिदेऊ भनी बाध्य पार्नु हो । कुशलता परखको गलत कसीस् हामी कहाँ एउटा अर्को गलत राजनीतिक परम्पराले फष्टाउनेमौका पाएको छ। त्यो परम्परा के हो भने कुनै पनि नेतालाई आफ्नो व्यक्तिगत फाइदाको लागि काम गरिदिएको आधारमा कुशल मान्ने।
कुनै नेताले सार्वजनिक हितको लगि कार्य गरेको स्थिति उक्त नेताको लोकप्रियताको आधार हामी कहाँ बन्न सक्तैन। कुनै व्यक्तिका लागि जति बढी कुनै नेतालेव्यक्तिगत फाइदा गरिदियो त्यो नेता त्यतिकै त्यो व्यक्तिको लागि लोकप्रिय हुने स्थिति छ। तर अर्कोतिर, कुनै पनि नेताले धेरै जनालाई खुसी पार्ने स्थिति हुन सक्तैन। र त्यो सम्भव पनि छैन।। यो कारणले गर्दा वा सार्जनिक हितको कार्य गरेर पनि कुनै पनि नेता हामी कहाँ लोकप्रिय हुने स्थिति छैन। विभिन्न सार्वजनिक हितका कार्य गर्दा गर्दै पनि ओली लोकप्रिय हुन नसक्नुका अनेक कारणहरू मध्ये एउटा यो पनि थियो। भारतले आफ्नो भन्दै आएको केही नेपाली भूभागलाई यो हाम्रो भूभाग हो भन्दै नेपालले उक्त भूभाग समेत समेटेरनया नक्सा जारी ९निर्माण०गर्यो। ओलीको कार्यकालमा नै नेपालले नया नक्सा जारि गर्ने कार्य गरेको थियो। यसैगरी भारतप्रतिको अति राजनीतिक, आर्थिक निर्भरतालाई घटाउन ओलीले छिमेकी राष्ट्र चीनसँग सम्बन्ध समुधर गर्न निकै प्रयास गरेको थियो। तर ओलीका यी कार्यहरू छायामा परे। चर्चामा आउन सकेन।हाम्रो राष्ट्रिय मनोविज्ञानस् हाम्रो राष्ट्रिय मनोविज्ञानको प्रकृति अनौठो मात्र होइन अनिश्चित स्वभावको पनि छ। हामी हरेक समस्याको समाधान हिंसा, ध्वस, प्रतिसोध, सङ्घर्ष, प्रदर्शन आदिको प्रयोगबाट प्राप्त गर्न खोज्छौ। राष्ट्रिय राजनीतिमा पनि यही कुरा लागू हुन्छ। कुनै पनि राजनीतिक समस्याको समाधान शान्तिपूर्वक खोज्ने संस्कारको हामीमा ठूलो कमी छ। एमालेमा पनि यही कुरा लागू हुन्छ। एमालेमा पनि अनेक किसिमका समस्याहरू छ, भविष्यमा अझै हुनेछन। तर त्यस्ता समस्याहरूको समाधान एमालेका नेताहरूले शान्तिपूर्वक खोज्नु पर्छ। समस्याहरूको समाधान खोज्दा पूर्वाग्रह वा प्रतिसोधको भावना राख्नु हुँदैन। तर हाम्रो राष्ट्रिय मनोविज्ञाननै विग्रहको बाटो समात्ने, मनमुटाव राख्ने, खुट्टा तान्ने भएकोले हाम्रा नेताहरूले पनि समस्याहरूको शान्तिपूर्ण समाधान खोज्ने क्षमता राख्दैनन। यो काणले पनि महत्वपूर्ण भूमिका खेल्यो। अर्थात राष्ट्रिय मनोविज्ञानले पनि ओलीलाई शान्तिपूर्ण रुपमा प्रमको पदमा बसेर काम गर्न दिएन। शान्तिपूर्ण किसिमले एमाले भित्र समस्याहरूको समाधान खोजिएन। बिग्रहको बाटो रोजियो । हाम्रो राष्ट्रिय मनोविज्ञानले संघर्षलाई प्राथमिकता दिन्छ भन्ने कुराको उदाहरणको रुपमा माओवादी आन्दोलन ९२०५२(२०६३ साल० लाई लिन सकिन्छ। माओवादीले आन्दोन गर्दा नेपालमा प्रजातन्त्रको स्थापना भइसकेको थियो। माओवादीले आफ्ना मागहरू पूरा गराउन शान्तिपूर्ण आन्दोलन गर्न सक्थ्यो। तर आफ्ना राजनीतिक मागहरू पूरा गराउन माओवादीले हिंसाको मार्ग रोज्यो। बन्दुक उठायो।यो आलेखको उद्देश्य ओलीको प्रशस्ती लेख्नु होइन। नेपालमा राजनीतिक स्थिरता ल्याउन हामीले आफूमा परिवर्तन ल्याउन आवश्यक छ भनी बोध गर्नु र गराउनु हो। हामीले हाम्रो सोंचमा परिवर्तन नल्याएसम्म हरेक एक वर्ष वा दुई वर्षमा प्रम फेर्ने क्रम चलि रहने छ। देशको राजनीति अस्थिर रहिनै रहने छ।