नेपालको राजनीतिमा छाया प्रधानमन्त्रीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको हामीले देखेको र अनुभव गरेको यथार्थ हो। छाया प्रमहरू यतिसम्म राजनीतिक रुपमा शक्तिसाली हुन्छन कि उनीहरूले चाहेमा बहालबाला प्रमलाई सत्ताच्यूत गर्न सक्छन, नया प्रम नियुक्त गर्न सक्छन। यो व्यक्तिलाई मन्त्री, राजदूत, वा खासमा पदमा नियुक्त गर भनेर प्रमलाई दवाव दिन सक्छन। अर्थात उनीहरूले चाहको व्यक्तिहरुलाई देशको उच्चतहमा पुर्याउन सक्छन। यति मात्र होइन आफै दलको व्यक्ति प्रम रहेको स्थितिलाई उल्टो पारेर विपक्षी दलको कुनै नेतालाई प्रम नियुक्त गर्न पनि सक्छन। छाया प्रमको रुपमा कार्य गर्ने वा गर्न खोजेका माधव नेपाल, झलनाथ खनाल भीम रावल आदि जस्ताले गर्दा नै केपी ओली प्रम पदबाट मुक्त भए। ओलीके कस्तो स्थितिमा पदच्यूत भए, शेरबहादुर देउवा के कस्तो स्थितिमा प्रम भए हामी सबैले देखेको कुरा। यो यथार्थ घामझै छर्लङ छ। यो तथ्यबाट पनि छाया प्रमहरू राजनीतिक रुपमा अति प्रभावशाली हुन्छन भन्ने तथ्य पुष्टि हुन्छ । छाया प्रम भएर कामा गर्न खोज्ने वा खोजेकाहरूको कमी कुनै राजनीतिक दलमा छैन। एमाले, नेकां, माओवादी केन्द्र, जसपा चारैतिर छ छाया प्रम भएर काम गर्न खोज्नेहरूको भीड छ। नेपालको राजनीतिमा छाया प्रम हुनेहरुको राजनीतिक भूमिक यति बलियो छ कि यिनीहरूले चाहेमा नेपाली राजनीतिलाई सदा अस्थिर तुल्याउन सक्छन। आफ्नो वरिपरि घुमाउन सक्छन। आफ्नो स्वार्थ अनुकूल नेपालको राजनीतिलाई दौडाउन सक्छन । नेपालको राजनीतिलाई २०४६।४७ देखि नै अस्थिर पार्नमा छाया प्रमहरुले निर्णायक भूमिका खेलेका छन। वर्तमान राजनीतिक व्यवस्थमामा परिवर्तन नभएसम्म वा प्रत्यक्ष रुपमा जनताबाट प्रम निर्वाचित नभएसम्म नेपालको राजनीतिमा छाया प्रमहरुको भूमिका निर्णायक रहँदै आउनेछ। कुनै पनि दलको प्रभावशाली वा वरिष्ठ नेताहरूले आफ्नो दलको प्रमलाई काम गर्न अप्ठ्यारो परिनै रहनेछन । २०४६।४७ को राजनीतिक परिवर्तन पछि र हालसम्ममा, यो बितेको ३१ वर्षमा नेपालमा २८ पटक प्रम फेरिएको देखिन्छ। तर कुनै पनि प्रमले आफ्नो कार्यकालको पूर्ण समय काम गर्न पाएको देखिंदैन। एक कार्यकालमा सर्वाधिक दिन प्रम भएर गिरजाप्रसाद कोइरालाले काम गरेको देखिन्छ। उनी पहिलो पटक प्रम हुँदा उनेल प्रम भएर १२८४ दिन काम गरेको देखिन्छ। तर कोइराला दोस्रो पकट प्रम हुँदा उनले ४११ दिन, तेस्रो पटक प्रम हुँदा ४९१ दिन, चौथो पटक प्रम हुँदा ७६४ दिन र पाँचौ पटक प्रम हुँदा ८२ दिन (प्रम भएर) काम गरेको देखिन्छ। नेपालको इतिहासमनै सर्वाधिक कम समय प्रम भएर काम गरेको भने केपी ओलीले देखिएको छ। उनले कामचलाउ प्रम (मे १३, २०२१ – जुलाई १३, २०२१) भएर केव ६० दिन मात्र काम गरेको देखिन्छ । छाया प्रम हुनेहरूले नै एकै व्यक्तिलाई पटक पटक प्रम हुने स्थिति सृजना गरिदिएका पनि छन। र यो कुरा वर्तमान प्रम शेरबहादुर देउवामा पनि लागू हुन्छ। छाया प्रम हुनेहरूको क्रियाकलापले गर्दा नै देउवा पाँचौ पटक नेपालको प्रम हुन पाएका हुन। यो पछिल्लो पटक त उनी छाया प्रम हुनेहरूको कृत्य, षडयन्त्र, दाउपेंचले गर्दा प्रम हुन पुगेको प्रष्ट गरिनै देखिएको छ। यो यथार्थ राजनीतिको र मात्र बुझ्नेले पनि थाहा पाउन सक्छ। अब देउवाको शिविरमा पनि छाया प्रम बन्न खोज्नेहरुको गोप्य बैठकहरू शुरु हुनेछ। देउवालाई पनि उनकै दल भित्रका छाया प्रम हुन खोज्ने हरूले स्वतन्त्रतापूर्वक काम गर्न दिने छैनन। अनेक किसमले हस्तक्षेप गर्ने छन । कुनै पनि देशको राजनीतिमा बिरलै देखिने घटना नेपालमा देखिएको छ। दुई व्यक्ति, गिरिजाप्रसाद कोइरला र शेरबहादुर देउवा पटक पटक गरी पाँच पटक प्रम भएको वा एकै व्यक्ति पटक पटक प्रम भएको नेपालको राजनीतिमा मात्र देखिएको छ। हुन पनि सन् १९९५, २००१, २००४, २०१७ र २०२१ मा गरी देउवा नेपालको प्रमको रुपमा पाँच पटक नियुक्त भएको देखिन्छ। गरिजाप्रसाद कोइराला पछि उनी पाँच पटक प्रम हुने दोस्रो व्यक्ति हुन । एउटै व्यक्तिले पटक पटक प्रमको रुपमा नियुक्त पाउने स्थिति पनि यी छाया प्रमहरुले गर्दा नै हो। राजनीतिक दलहरूले आफ्नो दल भित्रको कलह मिलाउन नसक्ने र छाया प्रमहरुले हस्तक्षेप गर्न खोज्ने स्थितिले गर्दा नै नेपालमा एउटै व्यक्ति पटक पटक प्रम हुने स्थिति सृजना भएको हो। वर्तमान सन्दर्भमा, एमालेका प्रभावशाली नेताहरुले आफ्नो दलभित्रको कलह शान्त पार्नमा जोड दिनुको सट्टा, आफ्नो दलको व्यक्ति प्रम रहेको स्थितिलाई निरन्तरता दिनु सट्टा अर्को दलका नेतालाई प्रम हुन आग्रह गर्न पुगे। आफ्नो दलको व्यक्ति (ओली) लाई दलीय अंकूश लगाएर नियन्त्रण गर्नुको सट्टा अर्को दलको व्यक्तिलाई प्रम नियुक्त गर्ने विकल्प रोजे। राजनीतिमा यस्तो किसिमको घात कमै देखिन्छ । नेपालमा प्रजातान्त्रिक संविधान ल्याउन र राजनीतिक परिवर्तन (२०४६।४७) लाई व्यवस्थित गर्न महत्वपूर्ण भूमिका खेलेका तथा जनतामाझ सन्त प्रमको रुपमा ख्याति पाएका कृष्णप्रसाद भट्टराई समेतले पनि प्रम भएर केवल ४०२ दिन मात्र काम गर्न पाएका थिए। छाया प्रम भएर काम गर्न खोजेका गरिजा प्रसाद कोइरालाले भट्टराईलाई लामोसम्मम प्रम भएर काम गर्न दिएनन। त्येति मात्र होइन, कृष्णप्रसाद भट्टराई दोस्रो पटक (सन् १९९९) प्रम हुँदा पनि छाया प्रमको रुपमा काम गर्ने गरिरिजाप्रसाद कोइरलालाले भट्टराई लाई लामो समय सम्म प्रम भएर काम गर्न दिएनन। भट्टराईले दोस्रो पटक केवल २९६ दिन मात्र प्रम भएर काम गर्न पाए। त्यसपछी गिरिजाप्रसाद कोइराला स्वयं (सन् २००० मा) प्रम भए । को को खोज्छन छाया प्रम हुन ? को को खोज्छन छाया प्रम हुन? यो प्रश्न आफैमा निकै महत्वपूर्ण छ। कुनै पनि राजनीतिक दलका प्रभावशाली एवं वरिष्ठ नेताहरूले छाया प्रम भएर काम गर्न खोज्छन। आफ्नो दलका व्यक्ति, जसले प्रम भएर काम गरिरहेका हुन्छ, लाई आफ्नो स्वार्थको भारी लाद्छन। अर्थात आफ्नो दलको व्यक्ति प्रम भएता पनि आफनो स्वार्थको बसमा परेर ती प्रभावशाली तथा वरिष्ठ नेताहरूले उक्त व्यक्तिलाई स्वतन्त्रतापूर्वक काम गर्न दिंदैनन। यी प्रभावशाली एवं वरिष्ठ नेताहरूले निरन्तर रुपमा आफ्नैदलबाट प्रम भएका व्यक्तिको काम कार्यवाहीमा हस्तक्षेप गर्छन । नेपालको राजनीतिलाई स्थिरता दिने हो भने राजनीतिक दलहरूले आफ्ना वरिष्ठ एवं प्रभावशाली नेताहरूको छाया प्रम हुने प्रवृतिमा अंकूश लगाउनु पर्छ। प्रमले कुनै ठूलो भूल गर्न खोजेको छ, आफ्नो स्वार्थका लागि देश र जनतालाई ठग्ने कार्य गरेको छ जस्ता घटना बाहेक कुनै पनि प्रमलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनु पर्छ। उसले आफ्नो कार्यकालको पूर्ण समय काम गर्न पाउनु पर्छ। जनताले कुनै पनि प्रमले आफ्नो पूर्ण कार्यकालसम्म काम गर्न पाओस भन्ने अपेक्षा गरेको हुन्छ । इमान्दर र अशल व्यक्ति प्रमको रुपमा निर्वाचित हुनु पर्छ। प्रम नियुक्त हुने आधार उसको इमान्दारी र कार्यकुशलता हुनु पर्छ, दलहरू बिचको झगडा वा नेताहरूको अहम् वा उनीहरूले गर्ने अनेक किसिमको षडयन्त्र हुनु हुँदैन। र नियुक्त भएको प्रमले आफ्नो कार्यकालको पूर्ण समयसम्म काम गर्न पाउनु पर्छ । देशको राजनीतिलाई स्थिरता दिन, देशलाई आर्थिक विकासको पथमा दौडाउन र राष्ट्रिय गरिबी न्यूनीकरण गर्न कुनै पनि प्रमलाई उसको कार्यकालको पूर्ण समय काम गर्न दिनु पर्छ। छाया प्रम हुन खोज्नेहरुलाई दल भित्रकै नियम र अनुशासन द्वारा नियन्त्रणमा राख्नु पर्छ । शक्तिमा सदाकाल रहनु पर्छ भन्ने एक किसिमको घातक मानसिक रोग हाम्रा नेताहरूमा देखिएको छ। यो रोगले गर्दा नै हाम्रा नेताहरू छाया प्रमको रुपमा काम गर्न लागिपरेका हुन्छन। अर्कोतिर हाम्रो समाजले पनि केवल शक्ति र शक्तिशालीको मात्र आदर गर्ने हुनाले नेताहरू पनि शक्तिमा रहन बाध्य हुनु पर्ने स्थिति छ। यो कारणले गर्दा पनि हाम्रा अधिकांश नेताहरुले जायज नाजायज तरिका प्रयोग गरेर शक्तिसाली हुनु परेको छ । छापा प्रम हुनु परेको छ। नेपाली राजनीतिको यो एक अर्को दुःखान्त यथार्थ हो। र यो यथार्थबारे पनि चर्चा हुनु पर्छ ।