रौशन चौधरी । श्रावण ०८,रौतहट
रौतहट जिल्लाको गौर जिल्ला समन्वय समितिको कार्यलयको सभा हलमा जिल्ला प्रहरी कार्यालय रौतहटले आफ्नो बार्षिक प्रतिबेदन सार्वजनिक गरेको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी उपरिक्षक (एसपि ) सिद्धि बिक्रम साहद्धारा पत्रकार सम्मेलन गरि सो २०७७ ÷०७८ को बार्षिक प्रतिबेदन सार्वजनिक गरेको हो । विभिन्न प्रकृतिको अपराधको संख्या विगत बर्षको तुल्नामा २.४८ प्रतिशतले वृद्धि भएको पाइएको छ ।बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै रौतहट प्रहरीका एसपी सिद्धिविक्रम शाहले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, ज्यान सम्बन्धी कसुर, भवितव्य ज्यान, फुटकर ज्यान, बिष सेवन गरी आत्महत्या, झुण्डिएर आत्महत्या, चोरी, लागु औषध, हातहतियार खर खजाना, जुवा, ठगी, अभद्र व्यवहार, बहु विवाह, बाल विवाह, जबरजस्ती करणी, जवरजस्ती करण उद्योग, बाल यौन दुव्र्यवहार, जबरजस्ती करणी सम्बन्धी अपराधिक षड्यन्त्र र अपराधिक लाभ, मानव वेचविखन ओसार पसार, सवारी ज्यान तथा नागरिकता गरेर ७०१ वटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको बताए ।जसमध्ये ४२४ मुद्दालाई फर्छर्यौट गरी कानुनी कारवाही गरिदै २७७ वटा मुद्दा फर्छयौट नभई चालु आर्थिक बर्षमा सारिएको स्पष्ट पारे । आर्थिक बर्ष २०७६÷०७७ को तुल्नात्मक अवस्थामा २०७७÷०७८ मा २.४८ प्रतिशतबाट अपराधिक घटनामा वृद्धि भएको जानकारी उनले दिए । कोभिडको कारण वेरोजगार भई मानसिक तनाव खेपेकाहरु विष सेवन गरेर ३० र झुण्डिएर ९४ गरी १२४ जनाले आत्महत्या गरेको उनले भने ।त्यसतै बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै एसपी शाहले आफू चुनौतीको समयमा रौतहट जिल्लाको जिम्मेवारी पाउदा निकै कठिन अवस्थाबाट गुज्रिएर चर्चाको शिखरमा रहेका निरन्जन राम हत्याकाण्ड, हनुमान मन्दीरको पुजारी श्रीराम साह हत्याकाण्ड, मिन्त्रा देवी हत्याकाण्ड, महेश तिवारी र जगरनिया देवी तिवारी काण्ड, सन्झा कुमारी र अमृताकुमारी साह हत्याकाण्डको गुत्थी सुल्झाएर उक्त घटनाहरुमा संलग्न व्यक्तिहरुलाई पोलिग्राफ लगायतको विभिन्न विधिद्धारा सफल अनुसन्धान पश्चात आरोपितहरुलाई पुर्पक्षका लागि कारागार चलान गराउदा आफूले पाएको दायित्व पूर्ण इमान्दारीका साथ निर्वाह गर्न सफल भएकोमा रौतहट प्रहरी परिवार प्रति आधार व्यक्त गरे ।त्यती मात्रै नभई कोभिडको वेला सिमापारी भारतबाट चोरी तस्करी गर्नेहरु माथि सुक्ष्म निगरानी राख्दै बर्षभरीमा ४ करोड ३ लाख ८८ हजार ७५० रुपैया मूल्य बराबरको मालसामान आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा दाखिला गरिएको एसपि सिद्धि बिक्रम साह बताएका छन ।