शिक्षा शब्द संस्कृतको ’शिक्ष ’ धातुमा ’अ ’ प्रत्यय जोडिएर बनेको हो ।जसको अर्थ सिकाउनु हुन्छ । कुनै पनि विषयको ज्ञान दिनु वा व्यक्तिलाई कुनैसिप , गुण एवम् व्यवहार सिकाउनुलाई नै शिक्षा भनिन्छ भने शिक्षाले गर्नेकार्यलाई शिक्षाका कार्य भनिन्छ । शिक्षाको काम नगरिकमा असल गुणको विकास गर्नु हो । व्यक्तिलाई ज्ञान , सिप र व्यवहार प्रदान गरी व्यक्तिको समग्र व्यक्तित्वको विकास गर्नु हो ।मानिसले आफ्नो जीवनकालमा विभिन्न प्रक्रियाहरुबाट शिक्षा हासिल गर्दछ ।पढेर , अनुभव गरेर , अन्तरक्रिया गरेर , खोज , अनुसन्धान , अभ्यास आदिमाध्यमबाट निरन्तर शिक्षा प्राप्त गर्ने भएकाले शिक्षा जीवनभर चलिरहने प्रक्रियाहो । यही प्रक्रिया अबधिभर शिक्षाले गर्ने कार्यलाई शिक्षाको कार्य भनिन्छ । मानिसलाई एउटा असल व्यक्ति र समाजको योग्य सदस्यका जीवन निर्वाहगर्न सक्ने बनाउनु नै शिक्षाको कार्य हो । शिक्षाले व्यक्ति , समाज , राष्ट्र रअन्तर्राष्ट्रिय स्तरमा फरक फरक किसिमले कार्य गरिरहेको हुन्छ । शिक्षाकोकार्य , समाज , समय , परिस्थिति परिवेशमा आधारित हुन्छ । सामाजिकआवश्यकता, समाजको परिवर्तन , विज्ञान र प्रविधिको विकास , व्यक्तिकोआवश्यकतामा आउने परिवर्तनले शिक्षाको कार्य ज्यादै फराकिलो भएको हुन्छ । शिक्षाले व्यक्ति , समाज , राष्ट्र र अन्तराष्ट्रिय स्तरमा फरक फरककिसिमले काम गरिरहेको हुन्छ । व्यक्ति , समाज र देशको विकासमा शिक्षाकोमहत्वपूर्ण भुमिका रहन्छ । देशको आर्थिक , राजनीतिक, प्रशासनिक , सामाजिक आदि क्षेत्रको विकासमाशिक्षाको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ शिक्षा क्षेत्र व्यापक भएको हुनाले यसकोकार्य पनि व्यापक छ । समाजको आवश्यकता , चाहना , परिवेश रपरिवर्तनअनुसार शिक्षाका कार्यहरु पनि परिवर्तनशील हुँदै जान्छन् । शिक्षाकाकार्यहरुलाई मूलत ६ शीर्षकमा विभाजन गरिएको पाइन्छ ।ती हुन् व्यक्तिगतकार्य, सामाजिक कार्य , राष्ट्रिय कार्य, अन्तराष्ट्रिय कार्य, आर्थिक कार्य , राजनितिक कार्य व्यक्तिगत कार्य – व्यक्तिको वौद्धिक, शारीरिक , सामाजिक विकास गराउने कार्य शिक्षाको व्यक्तिगत कार्य हो । हरेक व्यक्तिलेजन्मेदेखि केही न केही शक्ति वा सक्षमता लिएर आएको हुन्छ । यस्ता सक्षमताहरुको स्वतन्त्ररुपमा विकसित गराई सर्वाङ्गीणविकासमा सहयोग पुराउने कार्यलाई शिक्षाको व्यक्तिगत कार्य भनिन्छ । व्यक्तिको व्यक्तित्व विकास , आव्श्यकता परिपूर्ति, नैतिकपक्षको विकास , व्यवसायिक निपुणता , आत्मनिर्भरताको विकास आदि पक्षको विकास गरी भविष्यका लागि तयार पार्ने काम व्यक्तिगतकार्यले गर्दछ । सामाजिक कार्य – शिक्षा स्वयम् एउटा सामाजिक प्रक्रिया भएकाले शिक्षा र समाजको अत्यन्त घनिष्ठ सम्बन्ध रहेको छ । समाजमारहेका मूल्यमान्यता , सामाजिक एवम् सांस्कृतिक धरोहरको संरक्षण एवम् सम्बद्धन गर्ने , परिवर्त्न गर्ने, सामाजिक भूमिका निर्वाह गर्ने आदि कार्य शिक्षाले गर्दछ । परिवर्तित , समयानुकूल समाजमा परिवर्तन ल्याउन , सामाजिक क्रियाकलापहरूमा सहभागिता गराउन, सामाजिक सचेतता जगाएर सचेत नागरिकको निर्माण गराउन , सामाजिक विकासमा सहभागिता गराउन आदि कुराहरूमा पनि शिक्षाकोप्रत्यक्ष सम्बन्ध रहने गर्दछ । सामाजिक कार्य भित्रपनि परम्परागत कार्य , प्रगतिशील कार्य , तटस्थ कार्य , क्रान्तिकारी कार्य आदिपर्दछन । राष्ट्रिय कार्य– शिक्षा राष्ट्र विकासको प्रमुख साधन हो । राष्ट्रभित्र सञ्चालन हुने सबै प्रकारका कियाकलापहरूमा शिक्षाले महत्वपूर्णयोगदान पुयाउनु पर्ने हुन्छ । राष्ट्रकै सम्पूर्ण विकास शिक्षामा निर्भर रहन्छ । असल नागरिकको निर्माण गरी व्यक्तिको नेतृत्व विकास , जनशक्ति विकास आपूर्ति आदिद्वारा राष्ट्रिय एकता कायम राख्दै राष्ट्रिय विकास गर्नु शिक्षाको महत्वपूर्ण कार्य हो । आर्थिक कार्य – देशको विकासका लागि जनशक्ति उत्पादनदेखि अर्थतन्त्र समुन्नत बनाउन शिक्षा अपरिहार्य छ । आर्थिक विकासमाशिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ । व्यवसायिक सीपमूलक र उत्पादनमूलक शिक्षाले शिक्षाको आर्थिक कार्य सम्भव बनाउँछ ।व्यक्तिको अर्थोपार्जन गर्न सक्ने क्षमताको विकास गराउनु शिक्षाको आर्थिक कार्य हो । हरेक व्यक्तिले आर्थिक कुशलताको प्राप्ती गरीआत्मनिर्भर बन्दै गए भने मात्र सिङ्गो राष्ट्रको आर्थिक विकासमा टेवा पुग्दछ । राष्ट्रको आर्थिक विकासमा सहयोग पुराउन सक्ने नागरिकतयार गर्नु शिक्षाको आर्थिक कार्य हो । राजनितिक कार्य – हरेक देशको शासन प्रणाली वा राज्य व्यवस्था सञ्चालन गर्ने कार्य राजनितिक दल वा व्यवस्थाका माध्यमबाट हुनेभएकाले राजनितिक शासन प्रणालीबाट शिक्षा पनि स्वत प्रभावित हुने गर्दछ । राजनितिक उद्देश्य परिपूर्ति गर्न शिक्षालाई पनि सोहीअनुसार व्यवस्थित गर्ने गरिन्छ त्यसकारण राजनितिक विकासमा शिक्षाले सहयोग पुयाउनुपर्ने हुन्छ ।राजनितिक व्यवस्थाले शैक्षिकव्यवस्थालाई प्रभावित तुल्याउँछ भने राजनितिक विकास शिक्षा मार्फत हुने गर्दछ ।