राधेश्याम यादव । रौतहट । साउन २८ गते
नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको वडा स्तरीय भेला सम्पन्न भएको छ । जिल्लाको कटहरिया नगरपालिकाको वडा नम्बर ८ मा आज बिहिवार सो पार्टीको भेला बोलाइएको थियो । सांसद प्रत्यासी बिन्देश्वर यादवको प्रमुख आतिथ्यतामा सो भेलाको आयोजन भएको छ । भेला बाट २९ सदसिय नयाँ वार्ड कमिटी गठन गरिएको छ । गठित कमिटीको अध्यक्षमा रामाकान्त यादव,सचिव रामविलास यादव सहितका व्यक्तीहरु रहेका छन् । सो अवसरमा वाइसिएल नगर कमिटी अध्यक्ष नागेन्द्र साह,यूवा नेता सुखल राय यादव सहितका व्यक्तीहरुको सहभागिता रहेको रविरंजन यादवले जानकारी गराउनु भएको हो ।