सागर संगम ठाकुर, धरहरी । रौतहट भदौ ९ गते ।
रौतहट प्रहरीले काठको गोलीया बरामत गरेका छन । ईलाका प्रहरी कार्यलय कटहरियाबाट सई बिरेन्द्र यादवको नेतृत्वमा खटिएका प्रहरी गस्ती टोलीले जिल्लको कटहरिया नगरपालिका वडा नं.९ डुमरियाबाट तिन थान सालको गोलिया बरामत गरेका छन ।
बिषेश सुराकीको अधारमा मंगलबार राती डुमरियाबाट पिपरिया तर्फ जादै गरेको बैलगाडाबाट तिन थान सालको गोलीया बरामत गरेका छन ।
तस्करहरुले बैलगाडामा काठ लोड गरि जादै गरेको अवस्थामा प्रहरीहरुलाई हेरे पछि बैलगडाबाट गोरु निकाली भगाउन सफल भएका छन ।
अन्दाजी ५ क्यु फिटबाराबरको तिन थान सालको गोलिया सहित गढा नियन्त्रणमा लि आवश्यक कार्यवाहीको लागि प्रहरी कार्यलय कटहरियामा राखिएको सई विरेन्द्र यादवले जानकारी दिनु भयो ।