एमाले युवा नेता गुप्ताको व्यक्तिगत खर्चबाट बहुअरीमा बाटो मर्मत

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र १४, सोमबार (४ साल अघि)
  • ३ पटक पढिएको
एमाले युवा नेता गुप्ताको व्यक्तिगत खर्चबाट बहुअरीमा बाटो मर्मत


उपेन्द्र पासवान
भदौ/ बारा

बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ बहुअरीमा नेकपा एमालेका युवा नेता उमेश गुप्ताले आज व्यक्तिगत खर्चमा बाटो मर्मत गरेका छन ।

वडाको बाटो मर्मत गर्न गाँउपालिकालाई पटक पटक ताकेता गर्दा पनि गाँउपालिकाले चासो नलिएपछि युवा नेता गुप्ताले आफनो व्यक्तिगत खर्चबाट बाटो निर्माण गरेका हुन । बाटो मर्मत पछि आवात जावातमा सजिलो भएको स्थानियले बताए छन ।

बाटो मर्मत नहुदा बर्षायाममा स्थानियलाई निकै समस्या हुने गरेको र निर्वाचित जनप्रतिनिधिले बाटो मर्मत गर्न आलटाल गरेपछि आफै बाटो मर्मत गरेको युवा नेता गुप्ताले बताए ।

उनले टोलमा बिग्रेका करिब एक किलोमिटर बाटोमा ग्रेभल खसाएर बाटो मर्मत गरेको जानकारी दिनुभयो । गुप्ताले यसअघि पनि गाँउपालिकाको बिभिन्न टोलहरुमा समाजिक कार्य, सरसफाई ,बाटो निर्माण जस्ता काम गर्दै आएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस