ओम प्रकाश यादव
भदौ १३ गते, रौतहट ।
विगत केहीदिन देखी भइरहेको अविरल वर्षाको कारण रौतहटको प्राय.ं सबै नदीहरुमा पानीको बहाव उच्च भए संगै डुुबानको खतरा बढदै गएको छ ।
अविरल वर्षाले रौतहटको विभिन्न नदी तथा खोलामा ठुलो बाढी आएको छ । लगातारको वर्षाले जिल्लाको नदीहरुमा पानीको जलसतह बढदै गएको छ ।
जिल्लाको पुर्वीभेग स्थित बागमती र पश्चिममा पर्ने लालबकैया नदीका साथै जिल्लामा रहेका चाँदी,झाँझ लगायतका नदीहरुमा पानीको सतह बढदै गएपछी डुुबानको जोखिम बढेको हो ।
नदीहरुमा पानीको सतह बढदै जाँदा जिल्लाका दर्जन बढी गाँउहरु फेरी डुुबानमा पर्ने खतरा बढेको छ ।
वर्षाको पानीका कारण जिल्लाका सडकसञ्जालहरु समेत अवरुद्ध हुन थालेको देखिएको छ ।
भिषण वर्षाले जिल्लाको पुर्वी भेग स्थित रहेको बागमति र पच्छिमी भेग स्थित रहेको लाल बकैया नदिमा पानीको बहाव बढदो क्रममा रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन ।
त्यस्तै चाँदी, झाँझ, गुजरा, लमहा लगाएतको खोलाहरुमा समेत पानीको जलस्तर बढदो क्रममा रहेको सिडियो यादवले बताए ।
जिल्लाको ठुला देखी लिएर साना सबै नदीहरुमा पानीको बहाव बढदै गएकोले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ ।
वर्षाका कारण बागमति, लालबकैया, चाँदी, झाँझ लगाएतका नदीहरुमा पानीको सतह खतराको तहसम्म पुग्न सक्ने सम्भावना रहेकोले तटीय क्षेत्रका नागरिकहरुलाई सजकता अपनाउन प्रशासनले आग्रह गरेको हो ।
नदीहरुमा पानीको जलस्तर बढदै जाँदा जिल्लाका अधिकांश गाउँ, शहर र सदरमुकाम गौर समेत डुवानमा पर्ने सम्भावना बढदै गएको छ ।
प्रत्येक वर्ष बागमति र लाल बकैया नदीमा आउने बाढीले सदरमुकाम गौर लगाएतको क्षेत्र डुवानमा पर्ने गरेको छ ।
प्रत्येक वर्ष जसो नदीहरुमा आउने बाढी गाउँ बस्तीमा प्रवेस गरेर ठुलो जनधनको क्षति समेत पुरयाउँदै आएको छ ।
रौतहट जिल्ला प्रत्येक वर्ष बाढी र डुवानको चपेटामा पर्दै आएको छ । केहि दिनदेखी भइरहेको वर्षा अझै केहि दिनसम्म जारी रहे यस वर्ष पनि रौतहट डुवानमा पर्ने र ठुलो जनधनको क्षति हुने सम्भावना रहेकोले जिल्लावासीलाई सतर्क रहन आवश्यक रहेको देखिएको छ ।