सागर संगम ठाकुर धरहरी रौतहट । भदौ १३ गते
लगातारको अविरल वर्षाका कारणले गर्दा रौतहट बासीको जन जिवन प्रभावित भएको छ । झरी र लगातार वर्षा भएपछि जिल्लाको कटहरिया नगरपालीकामा वडा नं. १ भषेढवा र झौवामा चार घर पुर्ण रुपमा ध्वस्त भएका छन ।
लगातार ३ दिन देखी भई रहेको बर्षाले कटहरिया नगरपालिका वडा नं १ टोल झौवा टोलका स्थानिय कपिलदेव राय यादवको फुसको घर, बिरेन्द्र यादवले फुसको घरमा संचालन गरेको किराना पसल र रामईशवर यादवको खपराको घर पुर्ण रुपमा धवस्त भएका छन ।
वर्षाले झौवाका स्थानिय कपिलदेव राय यादवकोे गाई भैसी र खाधयान समाग्री राखने फुसको घर धवस्त हुदा घर भित्र राखिएको खाध्यान्न समाग्री धान, गेहु र पशुको लागि राखिएको भुषा लगायत समाग्री नष्ट हुदा करिब १ एक लाख मुल्य बराबरको छति भएको हो ।
त्यस्तै बिरेन्द्र यादवले फुसको घरमा संचालन गरेको किराना पसल घर वर्षाले धवस्त हुदा ५० हजार मुल्य बराबरको किरानाका सर समानहरु नष्ट भएका छन ।
त्यस्तै अर्का बडेडवा स्थानिय रामईशवर यादवको गाई भैसी बान्धिने खपराले छायको गोठ धवस्त हुदा करिब १ लाख मुल्य बराबरको क्षति भएको पिडित परिवारहरुले जानकारी दिनु भयो । वर्षा बाट पु¥याईएको क्षति बाट आफुहरु बिचल्लीमा परेकाले सम्बन्धी निकायले समयमा सहयोग गर्नु पर्ने उनिहरुले अपिल गेरेका छन ।