रौतहट, २५ पुस I रौतहटमा बाक्लो कुहिरो र हुस्सुसँगै चलेको शीतलहरले जनजीवन कष्टकर बनेको छ ।
नभरि लाग्ने बाक्लो हुस्सु र कुहिरोसँगै चलेको शीतलहरले जाडो बढेपछि जनजीवन कष्टकर बनेको हो ।रौतहट जिल्लामा लगातारको हुस्सुका कारण पछिल्ला दिनमा घाम झुल्किन नपाएर दिउँसै अँध्यारो जस्तो भइरहेको छ ।
तराई मधेस सहित देशभरिनै शितलहर र हुस्सुका कारण सर्वसाधारणको जनजिवन प्रभावित हुन थालेपछि रौतहट जिल्लाको बिभिन्न नगरपालिकाले नगरवासीलाई चिसोबाट जोगाउनका लागि डिभिजन वन कार्यलय रौतहटसँग समवन्य गरी प्रत्येक नगरपालिकामा ल्याइएको दाउरा नगर प्रमुखको मिलोमहतोमा मात्र आफ्नो आशो पासोलाई बाडिरहेको स्थानियले बताऊछ I
कठ्याङ्ग्रिने जाडोको सामना गरिरहेका सर्वसाधारणलाई न्यानो कपडा र आगो ताप्न दाउराको समस्या भइरहेको छ । सहरी क्षेत्रका कतिपय सार्वजनिक चोकमा दाउराको विकल्पमा काम नलाग्ने पुराना टायर र प्लाष्टिक बालेर सर्वसाधारणले आगो ताप्नुपर्ने बाध्यता छ ।
रौतहटको अधिकाशं पालिकाहरुमा पालिका लगायत बिभिन्न संघसंस्थाले अपाङ्ग ,एकल महिला तथा ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा कम्बल वितरण गरिरहेको छ ।यस वर्ष विगतका वर्षको तुलनामा केही दिन ढिलोगरी चलेको शीतलहरले बढेको जाडोका कारण मजदुर, स्कुले बालबालिका, वृद्धवृद्धालाई बढी असर पारेको छ ।
धेरै विद्यालयले जाडोको बिदा दिए पनि कतिपय निजी विद्यालयले बालबालिकाको स्वास्थ्यमा चिसोका कारण पर्नसक्ने जोखिमको बेवास्ता गरेर अझै बिदा दिएका छैनन् ।“पठनपाठनलाई नियमित बनाउने निजी विद्यालय बीचको अस्वस्थ प्रतिस्पर्धाले प्रतिकूल मौसममा पनि बिदा नदिने प्रवृत्ति देखिएको छ, चिसोले सबैभन्दा बढी साना बालबालिकालाई असर पुगिरहेको छ”, एक शिक्षकले भने ।
जिल्लामा देखिने शीतलहरको समस्याले बर्सेनि जनजीवन नराम्रोसँग प्रभावित हुने गर्छ ।पहाडी क्षेत्रका जिल्लामा पारिलो घाम लाग्दा यतिबेला रौतहटमा कुहिरो र हुस्सुले ढाकेको छ ।घाम झुल्किन नपाउँदा सर्वसाधारणलाई घाममा सुकाउने धान र धोएका लुगा सुकाउन समेत समस्या भइरहेको छ ।
निरन्तरको हुस्सु र कुहिराका कारण ‘भिजिविलिटी’ कम हुँदा केही दिनदेखि सडकमा सवारीसाधन पनि प्रभावित भइरहेको छ ।केहि दिनदेखि दिनभरि लाग्ने बाक्लो हुस्सु र कुहिरोसँगै चलेको शीतलहरले जाडो बढेपछि जनजीवन कष्टकर बनेको हो ।
लामो समयसम्म हुने शीतलहरका कारण देखिने डढुवा रोगले आलु, गोलभेँडा,मसुरो र तोरी लगायतका बाली नष्ट हुने समस्या किसानका लागि स्थायी समस्या भइसकेको छ ।त्यसका कारण डढुवा रोगको प्रकोपबाट यी बाली जोगाउन रौतहटका किसानलाई मुश्किल हुने गरेको छ ।