असोज १३,रौतहट । रौतहटको शिवनगर स्थित रहेको प्राईम कमर्सियल बैंक लिमिटेडले बितिय साक्षरता कार्यक्रम सम्पन गरेको छ ।
शाखा प्रमुख अजय प्रसाद यादबको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी जय किसान बहुमुखी,प्राबिधिक शिक्षालय धरहरी रौतहटका सहायक नियमित क्याम्पसका प्रमुख नन्दकिशोर राय रहेको थियो ।
शाखा प्रमुख यादबले बितिय साक्षरता कार्यक्रमको सम्बोधन गर्दै भने रौतहटमा रहेको अरु बैंक भन्दा सहज शुल्भ र भरपर्दो सेवा दिन तत्पर रहेको छ । यस बैंकले आउदो दिनमा आफ्नो शाखा बिस्तार गर्दै जाने र सेवाग्राहीको चाहना ईच्छा अनुसारको सेवा प्रदान गर्ने दावी गर्नु भएको थियो । मानिसहरुले आफ्नो आय आम्दानी सुधार्न चाहे पनि पैसाको अभावमा काम गर्न सकिरहेको छैन ।
त्यसता ब्यक्तिहरुको लागि हाम्रो बैँकले मौका समेत दिने गरेको छ ,जसले गर्दा मानिसहरु आफ्नो जिवनलाई सुन्दर र गुणस्तरीय बनाउन सकोस भन्ने चाहना रहेको शाखा प्रबन्धक यादबले बताउनु भयो । बैंकहरुबाट अहिले धेरै फ्रोड कार्यहरु भईरहेको छ ।त्यसता कार्यहरुबाट बच्नुको उपाय सहित बैंकबाट हुने उपलब्धिहरु बताएका थिए ।
शाखा प्रबन्धक यादबले भने खासमा भन्ने हो भने वित्तीय साक्षरताको लक्ष्य हरेक व्यक्तिले साधन र स्रोतको कुशल प्रयोग गर्दै आयमूलक क्षेत्रमा लगानी गरि आफ्नो जीवनस्तर सुधार गर्नु हो । वित्तीय साक्षरता भन्नाले आम्दानी, खर्च, कर्जा, कर योजना, बिमा, बचत तथा लगानी जस्ता वित्तीय क्षेत्रका महत्वपूर्ण विषयहरू बुझी उचित निर्णय गर्न सक्ने क्षमतालाई जनाउँछ । अर्थात वित्तीय साक्षरताले विभिन्न प्रकारका महत्वपूर्ण वित्तीय अवधारणा र सीपलाई पनि बुझाउँने गर्द्छ ।
आर्थिक सहयोग र विकास संगठनले वित्तीय साक्षरतालाई वित्तीय अवधारणा, जोखिम र दक्षता सम्बन्धी ज्ञान तथा यसको प्रयोग गर्नका लागि प्रेरणा र विश्वास प्रदान गरि वित्तीय सन्दर्भहरूको दायरा भित्र रहि प्रभावकारी निर्णयहरू गर्न, व्यक्ति तथा समुदायको वित्तीय कल्याणमा सुधार गर्न र आर्थिक जीवनको सहभागितालाई सक्षम गर्न सक्ने ज्ञानको रूपमा भन्ने गरेको यादबले बताउनु भयो ।
वास्तविक रूपमा वित्तीय साक्षरताले व्यक्तिगत वित्त व्यवस्थापन तथा विभिन्न प्रकारका वित्तीय कौशलहरू बुझाउने र प्रभावकारी रूपमा उपयोग गर्ने क्षमतालाई बुझाउने गरेको छ । नेपालमा ७१ प्रतिशत जनताले बैंक, वित्तीय संस्था तथा सहकारीमा खाता खोलेका हुनाले, कर्जा तथा रेमिट्यान्स सेवाको उपयोग र सहकारी मार्फत ग्रामीण समुदायमा बचत तथा ऋणको उपयोग गर्ने गरेकाले नेपालमा वित्तीय साक्षरताको राम्रो प्रगति भएको अनुमान पनि गर्न सकिन्छ ।
नेपाल सरकारको वित्तीय क्षेत्र विकास रणनीतिमा वित्तीय पहुँच र समाबेशीकरण अभिवृद्धि गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ । जसलाई वृद्धि गर्न वित्तीय साक्षरता र शिक्षाको माध्यमबाट जनचेतना अभिवृद्धि गर्ने रणनीति लिएको शिवनगर शाखाको प्रबन्धक यादबले बताउनु भयो । अहिले राम्रो-राम्रो मान्छेहरु ठुलठुल्ला बैंकहरुबाट करोडौंको पैसा कर्जा लिई तिर्न नसक्दा बैंकहरु समेत समस्यामा परेका छन ।
सोही कुरालाई हेरेर पैसा तिर्न सक्ने स-साना किसानहरुलाई पनि पैसा दिन छोडेको हुँदा किसानहरुमा झन पीडा थपदै गईरहेको प्राबिधिक शिक्षालय धरहरी रौतहटका सहायक नियमित क्याम्पसका प्रमुख नन्दकिशोर रायले बताउनु भएको थियो । उक्त कार्यक्रममा ईन्जिनियरिङ शंकायका कर्मचारी , बैकका कर्मचारी लगायत ७४ जनाको सहभागिता रहेको थियो ।