बिमलेश कुमार झा
१२ असोज,राैतहट।
रौतहटको माैलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधराम स्थित दुईपक्ष बिच झडप भएको हो । नगरप्रमुख रिना साह र वडा अध्यक्ष ईश्वरदयाल यादव पक्ष बिच सडक ढलान गर्ने विषयमा विवाद भई झडप भएको हो ।
मौलापुर नगरपालिकाको नगर प्रमुख रिना साहले पचु यादवको घर देखि बैनाथ ठाकुरको घर सम्म ढलान गर्न खोजिरहेकी थिइन भन्ने वडा अध्यक्ष यादवले वैदनाथ यादवको घर देखि लक्षमण ठाकुरको घर सम्मको सडक ढलान गरेपछि मात्र पाचु यादवको घर देखि वैदनाथ यादवको घर सम्म सडक ढलान गर्न अडान लिए पछि दुई पक्षबीच भनाभन हुदै झडप सिर्जना भएको बुझिएको छ।
नगरप्रमुख साहले पचु यादवको घर देखि बैनाथ ठाकुरको घरसम्म ढलान गरि बैनाथ ठाकुरको घर देखि लक्षण ठाकुरको घरसम्म ढलान गर्ने प्रतिबद्धता गरे पनि वडा अध्यक्ष यादवले नगरप्रमुख साहको भनाइ प्रति असन्तुष्टि जनाए पछि दुई पक्षबीच झडप भएको बुझिएको छ।मेयर साहले जबर्जस्ती जेसिबी ड्राइभरलाई दबाब दिई ग्रेभल बराबर गराउन खोज्दा दुई पक्षबिच ढुंगा हानाहान भएको थियो।
सो ढुंगा हानाहानमा दुई पक्षका व्यक्ति तथा दुईवटा प्रहरीलाई समेत सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ।जिसीबी ड्राइभरले मेयरको निर्देशनमा ग्रेभल बराबर गर्न खोज्दा प्रहरीले मलाई गाडीबाट उतारेर दुई लठ्ठी पिटेको प्रहरी माथि आरोप लगाएका छन्सोही झडपमा नगरप्रमुख साह पक्षले स्थानीय धर्मेन्द्र यादवलाई निर्मम कुटपिट गरेको उनको परिवार सदस्यले जानकारी गरेका छन्।
सो झडपमा मानवीय क्षति हुने सम्भावना थियो तर प्रहरीको बाक्लो उपस्थितिका कारण कुनै अप्रिय घटना हुन नसकेकाे एक स्थानीयले बताए ।सो समस्या समाधान गर्न राैतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र , प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ सहितका सुरक्षा अधिकारीको टोलीले घटना स्थलगत अनुगमन गरि दुवै पक्षबीच सहमति गराएको बुझिएको छ।
झडपकाे बिषयमा प्रमुख जिल्ला अधिकारीको संयुक्त टोलीको रोहवरमा ईप्रका मौलापुरमा दुबै पक्षलाई राखि बैनाथ साहको घर देखि लक्षण ठाकुरको घरसम्म जिल्ला ढलान नगर्न जिल्ला अदालतबाट निर्देश आएकाले सो रोक्का फुकुवा पश्चात् उक्त सडक ढलान गर्ने र भोलि देखि पचु यादवको घर देखि बैनाथ ठाकुरको घरसम्म ढलान कार्य सुरु हुने सहमति भएको मौलापुर नगरपालिकाका उपप्रमुख नागेन्द्र यादवले बताए।