बिमलेश कुमार झा
असोज २४,रौतहट
पुरानो समयमा नेपालको बिभिन्न जिल्लाहरुमा बिशेष गरी धार्मिक परम्पराअनुसारका कार्यहरू संचालनका लागी बनाईएको गुठी संस्थानको नाममा रहेको जग्गा कब्जा गरी भोगचलन गरेर बस्ने धेरै व्यक्तिहरु छन् । तिमध्ये अधिकांशले धेरैजसो गुठीको नाममा दर्ता रहेका जग्गाहरुमा पहुँच र राजनीतिक पकडको आडमा गुठीको जग्गा अबैधानिक रूपमा भोगचलन गर्दै आएका छन् ।
प्राय अधिकांस गुठीको जग्गाहरु दुरुपयोग भएको, हिनामिना भएको वा अमुक व्यक्तिले आफ्नो नाममा पास गरेको देखिन्छ । गुठीको जग्गा भोग गर्ने र यसको दुरुपयोग गर्ने प्रवृत्तिकै कारण गुठीको अस्तित्वनै धरापमा पर्ने सम्भावना बढेको छ। जसको जल्दोबल्दो उद्हारण हो रौतहटको देवाही गोनाही नगरपालिका ।
रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ कर्कच स्थित गुठी मठको ५२ बिघा ९नापजाँचमा ४६ बिघा० जग्गा निजि उपभोगमा रहेको पाइएको छ।
छयालीस बिघा जमिन मध्ये १८ बिघा जग्गा गुठी जोतभोगमा रहेको मठको रेखदेख कर्ता टइट पंडितले बताउनुभयो। १८ बिघा जग्गाबाट ३०(४० मन धान मात्रै मुआब्जाको रुपमा आम्दानी भइरहेको उनले बताए।
सो मुआब्जा स्वरुप आएको आम्दानीबाट वार्षिक पर्वहरुको उपलक्ष्यमा भोजभतेर तथा भिक्षुहरुलाई दान दिनेमा खर्च हुने गरेको पंडीतले बताए।
गुठी मठको छयालीस बिघा जग्गा मध्ये ७ बिघामा फुलबारी,२३ बिघामा मोही ,१६ बिघा भोगचलनमा रहेको कर्कच गुठि मठ समितिका तत्कालीन अध्यक्ष रामप्रसाद महतोले बताए।
गुठी मठको जग्गा जमिन संरक्षण तथा रेखदेख गर्न २०६८ सालमा ११ सदस्यीय समिति चयन हुदा महतो अध्यक्ष पदमा मनोनीत भएका थिए। उनले झण्डै ५ वर्ष सम्म अध्यक्ष पदमा काम गरेका थिए।
महतोको भनाई अनुसार उनको कार्यकालमा १७ बिघा जग्गा जोतभोग गरि किसानहरुले वार्षिक १५० मन धान गुठीमा मुआब्जा बुझाइ रहेको थियो। शारीरिक अस्वस्थताका कारण २०७२ सालमा समिति सदस्य बिराय राय यादवलाई कार्यबाहक अध्यक्षका रुपमा मनोनीत गरेको र अहिले गुठीको आम्दानी बारेमा तथ्य एकिन नभएको महतोले बताए।
गुठीको नाममा रहेको जग्गाबाट हूने आम्दानीमा स्थानीय सरोकारवालाहरु चुर्लुम डुबेको वडा प्रत्यासी एवम् समाज सेवी पवन ठाकुरले बताए। ठाकुरले गुठीको जग्गा जोतभोग गरिरहेका व्यक्तिहरूले राजनीति पहुँचको भरमा मुआब्जा समेत नदिएको बताए।
सरोकारवालाहरूको मिलोमतोमा गुठीमा भइरहेको आम्दानी बारे पारदर्शिता,दुरदर्शिता समेत नभएको उनले बताए। १७ बिघा भन्दा बढी जग्गा हुण्डाको रुपमा भोगचलनमा छ ञउनले भनेझ तर वार्षिक आदानी कति छ कसैलाई थाहा छैन्।
ठाकुरले गुठीको ७ बिघामा रहेको बगैंचाको तारबार लगाई संरक्षण नहुदा वार्षिक दुई लाख भन्दा बढी घाटा भइरहेको बताए। फुलबारीको उचित व्यवस्थापन नहुदा फुलबारीबाट आम्दानीको स्रोत शुन्य रहेको बताउँदै ठाकुरले नयाँ समिति चयन गर्न वडाबाट प्रस्ताव आए पनि पुरानो हिसाब किताब सार्वजनिक गरी नयाँ समिति चयन गर्न आग्रह गर्दा वर्तमान वडा अध्यक्ष विष्णु दासले कुनै प्रतिक्रिया नदेखाएको बताए।
ठाकुरले चुनावी घोषणापत्रमा गुठी मठको जग्गा सार्वजनिक गर्ने तथा अतिक्रमण भएको जग्गाको संरक्षण गर्दै बगैंचालाई टेन्डर प्रक्रियामा लैजाने उल्लेख गरेका थिए तर दुर्भाग्य उनलाई जनताले पत्याएनन्।
वडा अध्यक्ष दासको निजि स्वार्थका कारण नयाँ समिति चयनमा ढिलाइ भएको एक स्थानीयहरुले बताउँछन्।
कर्कच गाउँको मध्य भागमा स्थित मन्दिरको रेखदेख तथा पूजापाठ गर्न समेत गुठीका जग्गा उपभोग गरिरहेको खुलासा भएको छ।
मठको रेखदेखका लागि स्थानीय टइट पंडितले ९ कठ्ठा र मन्दिरमा पूजापाठ गर्न मनोज झाले झण्डै २५ कठा जमिन जोतभोग गरिरहेको बुझिएको छ। झाले मन्दिरमा पूजापाठ गर्न पुजा सामाग्री लगायतका अन्य व्यवस्थापनको लागि सावा बिघा जमिन जोत्ने गरेको एक स्थानीयले बताए।
गुठी मठमा वार्षिक लाखौंलाख आम्दानी हुने भए पनि मन्दिरको अवस्था जीर्ण बनेको छ। मन्दिर परिसर भित्र बनेका घर पनि जीर्ण अवस्थामा छ। एउटै मन्दिर भित्र शंकर,पार्वती,हनुमान, लक्ष्मी तथा शनीदेवको प्रतिमा राखिएको मन्दिरको रेखदेख कर्ता कइट पंडितले बताए ।
स्थानीय जयनरायण कानुले समितिले किसानबाट उठाएको मुआब्जा निजि काममा लगाएका कारण अधिकांश किसानले मुआब्जा दिन छोडेका बताए। गुठीको अढाई बिघा जमिन अतिक्रम गरि स्थानीयहरुले घर बनाइ सकेको कानुले बताउँदै गुठी मठको जमिनबारे सरोकारवाला पनि ध्यान नदिएको गुनासो गर्नुभयो।
सो गुठी मठको जग्गाजमिन बारे वडा अध्यक्ष विष्णु दाससँग बुझ्दा गुठी मठको जग्गा जमिन संरक्षण तथा रेखदेख गर्न छठ पूजा भित्र नयाँ समिति चयन गर्ने बताएका छन्। सो गुठी मठको जग्गाजमिन बारे वडा अध्यक्ष दासले भिडियोमा नबोल्ने भन्दै उनले खासै कुनै ठोस प्रतिक्रिया दिनु भएन्।
तराईको समथर भूभागमा रहेको जग्गालाई सही व्यवस्थापन गर्न सकेमा उक्त जग्गाबाट हूने आम्दानीको सही प्रयोग गरी उक्त गाउँको शैक्षिक र सांस्कृतिक, धार्मिक अवस्थालाई सुधार गर्ने सकिन्छ तर कसले गर्नेरु किन गर्नेरु र के को लागि गर्नेरु जातपात, नाताबाद र भोटको राजनीतिले प्रभाव पारेको समाज न हो१ जन सरोकारको के मतलब स अबैधानिक रुपमा करोडौंको जग्गा कब्जा गरी बसेका व्यक्तिहरू कानुन भन्दा माथि पक्कै होइन तर त चूप म चुप जे छ गुपचुप।