असोज २५,रौतहट
रौतहट जिल्लाको कटहरिया नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा गौरीशंकर कुमार सिंह कार्यालयमा हाजिर हुनु भएको छ । कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवाल ,नगर उप-प्रमुख रिता देवि यादब सहित वडाध्यक्षहरू र कार्यालयका कर्मचारीहरूको उपस्थितिमा बिहिबार सिंहलाई कार्यालयमा हाजिर गराउनु भएको हो । कार्यालयमा नगर प्रमुख जैसवालले सिंहलाई फुलमाला र टीका लगाएर स्वागत पनि गर्नु भएको थियो ।
कार्यालयमा हाजिर भएपछि सिंहले सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गरिने बताउनु भएको थियो । नियमानुसार महसुस हुने गरी सर्वसाधारण नागरिकलाई सेवा दिन कार्यालय प्रमुख सिंहले कर्मचारीहरूलाई निर्देशन पनि दिनु भएको थियो । यस नगरपालिकालाई नमुना बनाउने काममा आफनो सहयोग रहने उल्लेख गर्दै उहाँले जनप्रतिनिधिलाई नियम र कानुनले दिएसम्मको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । सिंह बारा जिल्लाको फेटा गाउपालिकामा करिब २ वर्षको कामगरेको र विभिन्न पालिका तथा कार्यालय प्रमुखको रुपमा सिंहले कार्यभार सम्हाली सकेको अनुभव छ । यसअघि कटहरिया नगरपालिकामा भएको कमिकजोरीलाई सुधारदै अगाडि बढाउने र सबैलाई एक ढिका बनाएर अगाडि बढाउन आग्रह समेत गर्नु भएको थियो ।
अधिकृत सिंहले नगरपालिकामा हाजिर भए संगै पालिकाको आर्थिक लगायतका कामकाज अघि बढ्ने उहाँले बिश्वास व्यक्त गर्नु भएको थियो । नगरपालिकाको खाता संचालन भए लगत्तै रोकिएर बसेका बाँकी भुक्तानीको काम हुने जनाईएको छ । सो कार्यक्रममा वर्डा नं १ वडा अध्यक्ष भुपेन्द्र महतो कोईरी वर्डा नं ३ का वडाअध्यक्ष श्यामाकान्त यादव र वर्डा नं ७ वडाअध्यक्ष शहिद मिया धोवि लगायत योजना प्रमुख रामनरेश यादव,हरेन्द्र यादव,छोटेलाल मिश्र,संतोष साह तथा शिक्षक,राजनीतिकर्मि,स्थानीय पत्रकार लगायत नगरपालिकाको सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो ।