रमेश कुमार यादब
असार १२ गते ।
रौतहट जिल्लाको गरुडा नगरपालिकामा सम्पन्न भएको पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा जिल्लाको खोप समन्वय समिती, स्वास्थ्य कार्यालय रौतहटको आयोजनामा महत्वपूर्ण कदम चालिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा
निरन्तरता रहेको भन्दै बुधबार एक समारोहका बीच रौतहटलाई पूर्ण खोप सुनिश्चतता जिल्ला घोषणा गरेको हो । कार्यक्रमको अध्यक्षता रामायोध्या राय यादवले गर्नुभएको थियो। प्रमुख अतिथिका रुपमा मधेश प्रदेश सरकारको स्वास्थ्य जनसंख्या तथा राज्यमन्त्री केशव राय हुनुहुन्थ्यो भने कार्यक्रमको उद्धघोषन अनिल कुमार कर्णले गर्नु भएको थियो ।
यस कार्यक्रममा रौतहट जिल्ला खोप सुनिश्चितताको प्रतिबद्धता जनाइएको थियो । कार्यक्रममा प्रमुख अतिथि मन्त्री केशव रायले बालबालिकाको स्वास्थ्य सुरक्षामा खोपको महत्त्वबारे प्रष्ट पार्दै, सबै नागरिकलाई खोपको पहुँच सुनिश्चित गर्न सरकारको प्रतिबद्धता दोहो¥याउदैं पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्नु भएको थियो । साथै, उहाँले स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारका योजनाहरु र क्रियाकलापबारे पनि जानकारी दिनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रायले स्वास्थ्य सेवाको महत्वपूर्ण पक्षको रुपमा खोप सुनिश्चितता रहेको र यसले स्वास्थ्यको दिगो विकासमा ठोस योगदान पुर्याएको बताउनु भयो । उहाँले भने जिल्ला स्वास्थ्य कार्यालयका अनुसार रौतहटका सबै १६ वटा पालिका र २ वटा गाउँपालिकाका सबै स्थानीय तहका १५७ वटै वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि १५ महिना मुनिका बालबालिका र छुटैं १६ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिकाले पाउनुपर्ने सबै पूर्ण खोप पाएको सुनिश्चित भए पश्चात जिल्ला पुर्ण खोप सुनिश्चितता घोषणा पाएको हो ।
रौतहट जिल्लाले खोपको सम्पूर्ण लक्ष्य हासिल गर्न सफल भएकोमा स्थानीय सरकार, स्वास्थ्यकर्मी तथा जनताको संयुक्त प्रयासको प्रशंसा गर्नु भएको थियो । रायले भने, “यो कार्यक्रमले स्वास्थ्य क्षेत्रमा नयाँ कीर्तिमान स्थापना गरेको छ । खोप सुनिश्चितता मार्फत हामीले आम नागरिकलाई विभिन्न रोगबाट बचाउन र स्वस्थ समाज निर्माणमा टेवा पुर्याएका छौं ।
१६ महिनादेखि १६ वर्षमुनिका बालबालिकाले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेप(बी, दादुरा(रुवेला र जापनीज इन्सेफलाइटिस विरुद्धका विभिन्न चरणका खोप समय तालिकाभित्र प्राप्त गरेपछि पूर्ण खोप पाएको छ बताउनु भयो । “स्वास्थ्य कार्यालय रौतहटका प्रमुख अधिकारीहरु, स्थानीय नेताहरु, जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, र अन्य सरोकारवालाहरुको पनि कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रमका क्रममा विभिन्न प्रस्तुतीकरणहरु मार्फत खोपको महत्व, खोपका फाइदाहरु, र खोप कार्यक्रमको सफलताबारे जानकारी दिईएको थियो ।
यस अवसरमा, खोप अभियानलाई अझ प्रभावकारी बनाउनका लागि विभिन्न योजनाहरु र रणनीतिहरु पनि प्रस्तुत गरिएको थियो । साथै, जनचेतना फैलाउने कार्यक्रमहरु सञ्चालन गर्ने, ग्रामीण भेगमा खोप पहुँच पुर्याउने र स्थानीय समुदायलाई सक्रिय सहभागी बनाउने लक्ष्य लिइएको थियो । उक्त घोषणा कार्यक्रमले जिल्लाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास लिइएको छ र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुको निरन्तरताको आवश्यकता औंल्याइएको छ। कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि
राय र जिल्ला खोप समन्यवन समितिका सभापति राम अयोध्या राय यादबले स्वास्थ्यकर्मी र अन्य सहयोगी संस्थाहरुलाई प्रशंसापत्र वितरण गर्दै यो सफलतामा उनीहरुको योगदानको कदर गर्नु भएको थियो ।
उक्त कार्यक्रममा जिल्ला समन्यवन समिति तथा जिल्ला खोप समन्यवयन समिति रौतहटका उपसभापति महेश बैठा ,प्रदेश स्वास्थ्य सपहि धनुषाका निर्देशक राजिव कुमार झा, गढिमाई नगरपालिकाको नगर प्रमुख श्याम प्रसाद यादब, गरुडा नगरपालिकाको नगर प्रमुख लगायत रौतहट जिल्लाका प्रत्येक पालिका नगर प्रमुखहरु ल्गायत स्वास्थ्य संस्थाको प्रमुखहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो