रमेश कुमार यादब
असार १५ गते ।
असार १५ गते धान दिवसको अवसरमा रौतहट जिल्लामा एक विशिष्ट दृश्य देखा पर्यो । स्थानीय मेयर सहित केही राजनेतिककर्मीहरु खेतमा धान रोपाईको फोटो खिचाएर सामाजिक सञ्जालमा भाईरल बनाउने प्रयत्नमा थिए । यस दृश्यमा, राजनीतिक नेताहरु रौतहटका विभिन्न क्षेत्रहरुमा धान रोपाई गरिरहेको नाटक मञ्चन गर्दै थिए । उनीहरुका अनुहारमा सस्तो हाँसो र केहीपल्ट खेपको नकली माटोमा खुट्टा चोपलिएको अवस्था देखिएको थियो । यसरी फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिनु मात्रै उनीहरुको प्राथमिकता थियो। तर, वास्तविक किसानहरु भने मलखादको अभावमा समस्यामा थिए ।
सरकारबाट मलखादको व्यवस्था नगरीकनै खेती गर्नुपर्ने बाध्यता उनीहरुलाई परेको छ । किसानहरु आफ्नो आवाज उठाउन खोज्दा, उनीहरुको समस्या सुन्ने कोही थिएन । राजनेतिक नेताहरुले खेतीमा लाग्नुपर्ने ध्यानभन्दा पनि प्रचार(प्रसारमा लागेपछि वास्तविक किसानहरु अपहेलित महसुस गरिरहेका छन् । यो घटना किसानहरुको प्रति राजनीतिक नेता र सरकारको असंवेदनशीलता र बेवास्ताको प्रतीक हो । यतिबेला धान रोपाइँको सिजन चलिरहेको छ तर किसानहरुलाई आवश्यक मलखादको अभाव छ।
मलखादको समस्या समाधान गर्नुपर्ने ठाउँमा मेयर र राजनीतिककर्मीहरु मात्र प्रचारप्रसारमा ध्यान दिँदैछन्। किसानहरुको माग छ कि सरकार र स्थानीय निकायहरुले उनीहरुको समस्याहरुको समाधानमा ध्यान दिनुपर्छ। तर यहाँको स्थिति बिल्कुलै उल्टो देखिन्छ। मेयर र राजनीतिककर्मीहरुले धान रोपाइँको फोटा खिचाएर सामाजिक सञ्जालमा प्रचार गर्नुलाई प्राथमिकता दिएका छन्। स्थानीय किसानहरुले भने मेयर र राजनीतिककर्मीहरुको यो कार्यलाई निराशाजनक भन्दै विरोध गरेका छन् ।
उनीहरुले भने, “हामीलाई मलखाद चाहिएको छ, फोटो खिचाउने नेताहरु होइन । धान दिवसको मूल उद्देश्य धान खेतीको प्रवर्द्धन र किसानहरुको समस्याको समाधान गर्नु हो । तर, रौतहटमा यो दिवस राजनैतिक फोटो खिचाउनका लागि मात्र सीमित रह्यो । यसले किसानहरुको असन्तोष र आक्रोशलाई अझ गहिरो बनाएको छ।
किसानहरुको मुख्य माग मलखादको उपलब्धता र समयमै वितरण हो । यदि यस्तो स्थिति निरन्तर रहिरह्यो भने, धान उत्पादनमा गिरावट आउन सक्छ र कृषिप्रधान देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्नसक्छ। यस घटनाले सरकार र नेताहरुलाई किसानहरुको वास्तविक समस्या प्रति संवेदनशील बन्नुपर्ने आवश्यक्ता औल्याएको छ।