वृन्दावनमा नेपाली काँग्रेसलाई ठूलो झटका, निर्वाचित वडा अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ बैशाख ११, आईतबार (३ साल अघि)
  • ४ पटक पढिएको
वृन्दावनमा नेपाली काँग्रेसलाई ठूलो झटका, निर्वाचित वडा अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

राजेश पासवान । वैशाख ११ गते ।
रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ६ का निर्वमचित वडा अध्यक्ष शेख असलम सयौं कार्यकर्ता नेपाली काँग्रेस पार्टी परित्याग गरि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्।

आइतबार वडा अध्यक्ष अस्लमको आफ्नै निजी निवासमा आयोजित एक कार्यक्रममा नेकपा एसकी स्थायी कमिटी सदस्य तथा विकास प्राविधिक सभापति कल्याणी कुमारी खडकाले नव प्रवेशित व्यक्तिहरुलाई फुलमाला तथा अबिर लगाई पार्टीमा स्वागत गरेका हुन् । नेकपा एस प्रवेश गर्नेहरुमा अधिकांश नेपाली काँग्रेसका कार्यकर्ताहरु रहेकाछन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष असलमले नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुको बिचार सिद्धान्त राम्रो लागेकोले आफू उक्त पार्टीमा प्रवेश गरेको बताउनुभयो ।

उक्त कार्यक्रममा वृन्दावन नगरपालिकाका नगरप्रमुख पदका उम्मेदवार बिनोद पटेल,पोलिट व्युर सदस्य सरला यादव,रौतहट क्षेत्र नम्बर ४ ख कि बिधायक हसिमा खातुन,जिल्ला कमिटी सदस्य सलामोदिन दर्जी लगायत सयौं नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस