२४ पार्टीले मानेनन् आयोगको निर्देशन, ४३ दलले मात्रै बुझाए घोषणापत्र,

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन १४, शुक्रबार (१ घण्टा अघि)
  • २६ पटक पढिएको
२४ पार्टीले मानेनन् आयोगको निर्देशन, ४३ दलले मात्रै बुझाए घोषणापत्र,

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ६७ र समानुपातिक तर्फ ६३ दल चुनावमा सहभागी छन् । यसमध्ये ४३ दलले मात्रै चुनावी घोषणापत्र सार्वजनिक गरेर निर्वाचन आयोगमा बुझाएका छन् ।

बाँकीले निर्वाचन आयोगको निर्देशन अनुसार चुनावी घोषणापत्र निर्वाचन आयोगमा पेश गरेका छैनन् ।

निर्वाचन आयोगले ३ फागुनभित्र घोषणापत्र सार्वजनिक गरेर निर्वाचन आयोगमा पेश गर्न निर्देश गरेको थियो ।

तर हालसम्म पनि जम्मा ४३ दलले मात्रै घोषणापत्र ल्याएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए   ।

ताजा अपडेट

खोजी गर्नुहोस