
रौतहट, १४ फाल्गुन। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त ढंगले सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय रौतहटले मदिरा बिक्री–वितरण तथा सार्वजनिक स्थानमा सेवनमा कडा प्रतिबन्ध लगाएको छ ।
सिडियो दिनेश सागर भुषालद्वारा बुधबार जारी सूचनाअनुसार फागुन १८ गतेदेखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म जिल्लाभर सबै प्रकारका मदिराजन्य पदार्थको कारोबार र सार्वजनिक सेवन पूर्ण रूपमा निषेध रहनेछ।
प्रशासनका अनुसार यो कदम निर्वाचन अवधिमा सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद् भाव कायम राख्न अत्यावश्यक मानिएको छ । आदेश उल्लङ्घन गरी मदिरा बिक्री, वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।
