जिप दुर्घटना हुँदा रोल्पामा १ जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन ११, मंगलबार (१२ घण्टा अघि)
  • ७५ पटक पढिएको
जिप दुर्घटना हुँदा रोल्पामा १ जनाको मृत्यु

रोल्पा, १२ फागुन। दाङको घोराहीदेखि रोल्पाको परिवर्तन गाउँपालिकाको बागमारा आउँदै गरेको जिप दुर्घटनामा परेको छ । मंगलबार बिहान रुन्टीगढी गाउँपालिका–५ खुम्बास भन्ने स्थानमा जिप दुर्घटना भएको हो ।

प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार, सो दुर्घटनामा परेर परिवर्तन–६ की २४ वर्षीया विष्णुमाया बुढा मगरको मृत्यु भएको हो ।
११ जना यात्रुलाई लिएर बिहान दाङबाट हिंडेको लु १ ज ४८५४ नम्बरको टाटा सुमो जिप सडकभन्दा तल खसेको हो ।

घाइते भएका १० जनालाई उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस