गरुडामा जसपालाई ठुल्लाे झटका बृज किशोर यादव सहित विभिन्न पार्टी वाट सयाै जना नेकपा एसमा प्रवेश

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ बैशाख १२, सोमबार (३ साल अघि)
  • ४ पटक पढिएको
गरुडामा जसपालाई ठुल्लाे झटका बृज किशोर यादव सहित विभिन्न पार्टी वाट सयाै जना नेकपा एसमा प्रवेश

रौतहट ११ वैशाख । राैशन चाैधरी ।
जनता समाजवादी पार्टीका मधेश प्रदेश सदस्य एवं युवा नेता वृजकिशोर यादव पार्टी परित्याग गरेर नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।
जसपा नेपालको गरुडा नगरपालिकामा स्वच्छ छावि भएका व्यत्तित्व वृजकिशोर यादवलाई मेयर पदमा टिकट दिने आश्वासन दिएपनि रकमी चलखेलमा परेर पार्टीका शिर्ष नेताहरु अनिल कुमार यादवलाई दिएपछि उनी नेपाली काँग्रेसको रामभरोस यादव, एमालेको रामप्रसाद यादव सहित सयौं जना नेकपा एसमा प्रवेश गरेका हुन् । साे कार्यक्रमकाे प्रमुख अतिथि नेकपा एकिकृत समाजवादीकाे पाेलिट बियुराे सदस्य बन्सिधर मिश्र, कल्याणि खडकाले टिका माला लगाई पार्टीमा स्वागत गरेकाे थियाे ।
वृजकिशोर यादव सहितका व्यक्तिहरु एसमा प्रवेश गरेपछि गरुडा नगरपालिकामा एसले मेयर पदमा बाजी मार्ने अधिकाँशको आँकलन रहेको छ । किनभने निवर्तमान मेयर इन्नु राय यादवको छोरा अनिलकुमार यादव छाया मेयर भई नगरपालिकाको विकास निर्माणको करोडौं रकम हिनामिना गरे कोठा महल खडा गरेको, कोरोनामा आएको खाद्यान्न सामग्री लक्ष्ति वर्गको भान्सामा नपुर्याइ गोदाममै कुहिएपछि रातारात झाझ खोलामा फालिएको दृष्य सबैको सामु छलंग रहेको हुँदा त्यस्ता व्यक्तिबाट सचेत रहन गरुडा नगरवासी संग वृजकिशोर यादवले हार्दिक अनुरोध गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस