बारामा ट्रक र जिप ठोक्किँदा एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ बैशाख १४, बुधबार (३ साल अघि)
  • ४ पटक पढिएको
बारामा ट्रक र जिप ठोक्किँदा एक जनाको मृत्यु

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ बालगंगा पुल नजिकै गएराति ट्रक र जीप ठोक्किदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा जिप चालक कलैया उपमहानगरपालिका–१५ बकुल्हारका २५ वर्षिय अजय सहनी रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 
गएराति पौने १० बजे लु २ ख १९४२ नम्बरको ट्रक र ना ५ च २८७३ नम्बरको जीप ठोक्किएका थिए । दुवै सवारी साधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी चौकी पथलैयाले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस