इजाजत पाएका ७७१ मध्ये ७७ वटा हातहतियार मात्रै प्रहरीले बुझे

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ बैशाख २९, बिहिबार (३ साल अघि)
  • ५ पटक पढिएको
इजाजत पाएका ७७१ मध्ये ७७ वटा हातहतियार मात्रै प्रहरीले बुझे

वीरगञ्ज, २९ बैशाख ।  जिल्ला प्रशासन कार्यालय पर्साबाट अनुमति लिइएकामध्ये ७७ वटा हातहतियार जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

भोली हुने निर्वाचनलाई मध्यनजर गर्दै अनुमति लिइएका हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गरेपनि अधिकांशले बुझाएका छैनन् । 

एक नाले, दुई नाले, बाह्र बोर, एअर गण, सर्ट गण लगायतका ७७  वटा हातहतियार मात्रै जिल्ला प्रहरी कार्यालयले बुझेको प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । उनकाअनुसार अटो गण, पेस्तोल लगायतका हतियारलाई अनुमति दिइँदैन ।  जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार जिल्लामा ७ सय ७१ वटा हातहतियारले इजाजत लिएका छन् । 

ताजा अपडेट

खोजी गर्नुहोस