वीरगञ्ज महानगरको मेयर उम्मेदवार सरावगीसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ बैशाख २९, बिहिबार (३ साल अघि)
  • ५ पटक पढिएको
वीरगञ्ज महानगरको मेयर उम्मेदवार सरावगीसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

वीरगञ्ज, २९ बैशाख ।  वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार बिजय कुमार सरावगीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उलंघन हुने क्रियाकलाप गरेको विषयमा नेकपा एमालेबाट मेयरका उम्मेदवार सरावगीलाई आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । 
बैशाख २६ गते राति साढे १२ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित एक मतदाताको घरमा प्रवेश गरी मत खरिद गर्न आर्थिक चलखेल गरेको हुँदा सरावगीको उम्मेदवारी खारेजीको माग गर्दै जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज महानगर समितिका अध्यष ईश्वरचन्द्र यादवको उजुरीका आधरमा आयोगले सरावगीसँग स्पष्टीकरण सोधेको हो । 
प्रहरी प्रशासनको सुरक्षामा मतदाताको घरबाट उद्धार गर्नुको कारण बारे निर्वाचन आयोगले सरावगीसँग स्पष्टीकरण सोधेको हो । 

ताजा अपडेट

खोजी गर्नुहोस