मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीमाथि लाग्यो पैसा बाँडेको आरोप

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ बैशाख २९, बिहिबार (३ साल अघि)
  • ३ पटक पढिएको
मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीमाथि लाग्यो पैसा बाँडेको आरोप

२९ वैशाख, जनकपुरधाम । मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीमाथि पैसा बाँडेको आरोप लागेको छ ।

जनकपुरधामस्थित सिताशरण होटलमा बसेर अन्सारीले मतदातालाई रिझाउन पैसा बाँडेको आरोप एमालेका कार्यकर्ताहरुले लगाएका छन् ।

मतदातालाई पैसा बाँडेको भन्दै एमालेका कार्यकर्ताहरुले अन्सारी बसेको होटल घेराउन गर्न पुगेपछि सो क्षेत्र तनावपूर्ण बनेको छ ।

मुस्लिम समुदायका अगुवालाई बोलाएर अन्सारीले रकम वितरण गरिरहेको सूचना पाएपछि आफूहरु त्यहाँ पुगेको नेकपा एमालेका जनकपुरधाम नगर कमिटी सचिव राजु साहले बताए ।
अन्सारीको व्याग र कोठा सर्च गर्न प्रहरीलाई भन्दा उल्टै प्रहरीले आफूहरुमाथि हातपात गरेको साहले बताए ।

नेकपा एमालेका कार्यकर्ता पुगेर होटेल नै घेराउ गरेपछि पुगेको प्रहरी टोलीले अन्सारीलाई सुरक्षासहित बाहिर निकालेको छ । घट्ना सम्बन्धमा अन्य खुल्न बाँकी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस