वृन्दावन ८ मा काँग्रेसकाे ३० वर्ष पुरानो गढ टुट्यो,वडामा रविन्द्र साह भारीमतले विजयी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ जेष्ठ ९, सोमबार (३ साल अघि)
  • ५ पटक पढिएको
वृन्दावन ८ मा काँग्रेसकाे ३० वर्ष पुरानो गढ टुट्यो,वडामा रविन्द्र साह भारीमतले विजयी

राजेश पासवान।जेष्ठ ९ गते।

रौतहट — जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ८ मा नेकपा एकीकृत समाजवादी बाट अध्यक्ष पदमा उम्मेदवारी दिएका रविन्द्र प्रसाद साह(उपेन्द्र)विजयी भएका छन् । उनले ८४१ मत ल्याएका छन् ।

वृन्दावन नगरपालिकाका निर्वाचन अधिकृत उमेश राज रिमालका अनुसार साहका निकटतम् प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसका विरेन्द्र यादवले ५४१ मत ल्याएका थिए ।३०० मतको फरक पार्दै साह विजयी भएका हुन् । यस्तै महिला-८४८,दलित महिला-८५८, खुला तर्फ सदस्य पहिलो-८६९ रखुला तर्फ सदस्य दोस्रो-८१८ मत ल्याइ पुरै पाइनल सहित विजयी विजयी भएका छन् । वृन्दावन नगरपालिकाको वडा नम्बर ८ मा जसपा र काँग्रेसले गठबन्धन गरेका थिए ।

त्यसैगरि सो वडामा जनमत पार्टीका उम्मेदवार धर्मेन्द्र महतोले ६८ मत प्राप्त गरेका थिए भने नेकपा माओवादी केन्द्रका भोला पटेलले १०६ र ईमालेका अशोक साहले २०१ मत,ल्याएको निर्वाचन अधिकृत रिमालले जानकारी गराए ।

वृन्दावन नगरपालिका ८ मा कुल मतदाता १ हजार ८ सय ८५ रहेकामा १ हजार ८ सय ५० मत खसेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस