काठमाडौंको मेयरमा बालेनको जित निश्चित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ जेष्ठ ११, बुधबार (३ साल अघि)
  • ५ पटक पढिएको
काठमाडौंको मेयरमा बालेनको जित निश्चित

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित लगभग सुनिस्चित भएको छ । 

गणना गर्न बाँकी रहेको मतभन्दा लगभग बढी मतको अन्तरले बालेनले अग्रता लिंदा उनको जित सुन्सिचित भएको हो । आज राती वा भोली बिहानसम्म मतगणनाको अन्तिम नतिजा आएसँगै बालेनलाई औपचारी रुपमा काठमाडौँ महानगरपालिकाको मेयर घोषणा गरिनेछ ।

काठमाडौं महानगरपालिकामा कूल १ लाख ९१ हजार १२५ मत खसेकोमा अहिलेसम्म १ लाख ७१ हजार ८०२ मतको गणना भइसकेको छ । अब १९ हजार ३२३ मत मात्र गन्न बाँकी छ । यतिबेला बालेनले निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंह श्रेष्ठसँग २० हजार ३७६ मतको अग्रता बनाएका छन् ।

गन्न बाँकी मतभन्दा बालेन शाहले निकटतम प्रतिस्पर्धीसँग बनाएको अग्रता बढी भइसकेकोले बालेनको जित सुन्सिचित भइसकेको छ । किनकि अब गन्न बाँकी भोट सबै सदर भएर सबै भोट जुनसुकै एउटै प्रतिस्पर्धीले पाएको अवस्थामा पनि उनले बालेनलाई भेट्टाउने सम्भावना समाप्त भइसकेको छ ।

अहिलेसम्मको गणनामा बालेनले ५५ हजार ७४७ मत पाएका छन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी सृजना सिंह श्रेष्ठले ३५ हजार ३७१ मत पाएकी छिन् । एमालेका केशव स्थापितले ३४ हजार ६२६ मत पाएका छन् । काठमाडौंको कोर एरियामा राम्रो मत पाएका अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि १० हजार ३२२ मत पाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस