७ दिन भित्र घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत कार्य सम्पन्न हुन्छ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ जेष्ठ १४, शनिबार (३ साल अघि)
  • ५ पटक पढिएको
७ दिन भित्र घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत कार्य सम्पन्न हुन्छ

वीरगञ्ज १३ जेठ । वीरगञ्ज महानगरपालिकाको प्रमुख (मेयर) मा निर्वाचित राजेशमान सिंहले सपथ ग्रहण गरेसँगै वर्षाैदेखि जीर्ण घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत कार्य सुरु गराएका छन् ।

वर्षाैँदेखि मर्मत सम्भार नहुँदा सास्ती खेपीरहेका नगरबासीलाई परिवर्तनको प्रत्याभुती दिलाउन सिंहले बिहिबार सपथ ग्रहण पश्चात पद बहाल गरे लगतै मूख्य सडकलाई मर्मतको काम अगाडी बढाएका छन् । 

वीरगञ्जका निवर्तमान मेयर विजयकुमार सरावगीले सडक विभागअन्तर्गत पर्ने उक्त सडक निर्माण गर्न आफ्नो अधिकारक्षेत्र भित्र नरहेको बताउँदै आएका थिए । तर, सपथ लिएकै दिन नवनिर्वाचित मेयर सिंहले उक्त सडक मर्मतको काम गराएका छन् । 

यता ठेका लिएका ठेक्दार जहुरु आलमले ७ दिन भित्र जीर्ण सडक मर्मत काम सम्पन्न हुने जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस