सम्पर्क विहीन भएको तारा एयरलाईन्स विमानका पाइलटको फोन लाग्यो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ जेष्ठ १५, आईतबार (३ साल अघि)
  • ४ पटक पढिएको
सम्पर्क विहीन भएको तारा एयरलाईन्स विमानका पाइलटको फोन लाग्यो

काठमाडौं, १५ जेठ । मुस्ताङमा दुर्घटना भएको तारा एयरलाईन्सका चालकको मोबाईलमा फोन लागेको छ । मुस्ताङको लार्जुङमा दुर्घटना भएको विमानका चालक प्रभाकर घिमिरेको मोलाईलमा फोन गएको तर फोन नउठेको मुस्ताङका प्रमरी प्रमुख डिएसपी राम कुमार दानीले जानकारी दिए ।

उनका अनुसार अहिले सम्भाबित क्षेत्रमा खोजि कार्य जारी रहेको छ । मौसम खराब भएका कारण हेलिकप्टर जान नसकेकाले स्थलमार्गबार्ट खोजी कार्य जारी रहेको उनले बताए । बिहान पोखाराबाट चालक दलका सदस्य सहित २२ जना लएर उडेको विमान सम्पर्क विहीन बनेको थियो । यो विमानमा चालक दलका ३ जना सदस्य र १९ जना यात्रु रहेका थिए । त्यसमा ६ जना विदेशी नागरिक रहेका थिए । विमानमा चालक दलका सदस्यहरु क्याप्टेन प्रभाकर घिमिरे, उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा रहेका थिए ।

त्यस्तै यात्रुहरु बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले र मेइक ग्रीटग्राफ रहेका थिए । त्यस्तै बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी र वी विलनर रहेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस