इशनाथ नगरपालिकाको कार्यपालिका सदस्यकाे चुनावमा काँग्रेस-एमालेका सबै उम्मेदवार विजयी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ जेष्ठ २०, शुक्रबार (३ साल अघि)
  • ४ पटक पढिएको
इशनाथ नगरपालिकाको कार्यपालिका सदस्यकाे चुनावमा काँग्रेस-एमालेका सबै उम्मेदवार विजयी

रौतहट । जेठ २० गते ।
रौतहट जिल्लाकाे इशनाथ नगरपालिकाको कार्यपालिका सदस्यको लागि काँग्रेस-एमाले बिच गठबन्धन भएको छ ।

गठबन्बधन पछि सम्पन्न भएको कार्यपालिका सदस्यकाे चुनावमा पुरै प्यानल निर्वाचित भएका छन् । आठै जना उम्मेदवार काँग्रेस—एमालेका हुन् कार्यपालिकामा आफनो जित दर्ज गर्नको लागि दुवै पार्टी बिच सहमती भइ चुनावमा गएको पूर्व मेयर संतोष मेहताले बताउनु भयो ।

नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता गराएका काँग्रेस—एमालेका आठ जना निर्वाचित भएको इशनाथका निर्वाचन अधिकृत रामकृष्ण उप्रेतीले जानकारी गराउनु भयो ।

निर्वाचित भएका कार्यपालिका सदस्यहरुमा नेपाली काँग्रेसका ५ जना र एमाले पार्टीका ३ जना रहेका छन् । यो सँगै काँग्रेस र एमाले पार्टीको कार्यपालिकामा बहुमत पुगेको छ ।

महिला कार्यपालिका सदस्यहरुमा रामकलि कनुइन,सुन्दरता देवी,खुसैदा खातुन,कमली देवी,समसुन नेसा छन् भने दलित तथा अल्पसङ्ख्यकबाट लक्ष्मी नारायण राम,तेजीलाल साह,उपेन्द्र महरा उम्मेदवारी दिएका थिए । सबै सदस्य निर्वाचित भएको निर्वाचन अधिकृत उप्रेतीले जानकारी गराउनु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस