सार्वजनिक विदाका दिन चलाइएका सरकारी सवारी साधनलाई ट्राफिकले लियाे नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ जेष्ठ २२, आईतबार (३ साल अघि)
  • ४ पटक पढिएको
सार्वजनिक विदाका दिन चलाइएका सरकारी सवारी साधनलाई ट्राफिकले लियाे नियन्त्रणमा

२२ जेठ । जनकपुरधाममा सार्वजनिक विदाका दिन चलाइएका सरकारी सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।

पेट्रोलियम पदार्थको खपत न्यूनीकरण गर्ने उद्देश्यले सरकारले हाल शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिएको छ । तर कार्यालय विदा हुँदाको दिन पनि सरकारी सवारी साधन चलाएको पाइएपछि त्यसलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरीले थन्क्याउन थालेको हो ।

शनिबार र आइतबार गरी १४ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिइएका सवारी साधन कार्यालय खुल्ने दिन मात्रै दिइने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस