स्राेत नखुलेकाे ३७ लाख रुपैयाँसहित बाराको पचराैताका कलवार पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ जेष्ठ २४, मंगलबार (३ साल अघि)
  • ६ पटक पढिएको
स्राेत नखुलेकाे ३७ लाख रुपैयाँसहित बाराको पचराैताका कलवार पक्राउ

स्राेत नखुलेकाे ३७ लाल २२० रुपैयाँसहित एक जनालाई काठमाडौँ  प्रहरीले पक्राउ गरेकाे छ । 

बाराका पचरौता नगरपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौँ महानगरपालिकाकाे वडा नम्बर १३ बस्ने बर्ष ५४ को जयकमल साह कलवारलाई पक्राउ गरेकाे हाे । 
 
काठमाडौँ टंकेश्वर कालीमाटी एरियाबाट गैरकानुनी रुपमा हुण्डीको कारोबार भई रहेको गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले शनिबार पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।
 
पक्राउ परेका कलवारकाे साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ १७ लाख ६६ हजार ३ सय र भारतीय रुपैयाँ १२ लाख ०८ हजार ७०० गरी बरामद भएकाे अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।
 
कलवारलाई बरामद रुपैयाँसहित थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाईएको अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।

ताजा अपडेट

खोजी गर्नुहोस