पटेर्वासुगौलीमा आगलागी हुँदा घरगोठ जलेर नष्ट

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ जेष्ठ २९, आईतबार (३ साल अघि)
  • ४ पटक पढिएको
पटेर्वासुगौलीमा आगलागी हुँदा घरगोठ जलेर नष्ट

वीरगञ्ज, २९ जेठ । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नमबर ३ मा घरगोठमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको छ ।

पटेर्वासुगौलीस्थित पश्चिम देकुलीमा बृजलाल दास थारुको घरगोठमा आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको हो ।

लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर घरगोठमा आगलागी भएको प्रहरीले जनाएको छ । 

शनिबार राती १२ बजे तिर लागेको आगो स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आइतबार बिहान २ बजे तिर निभाइएको प्रहरी चौकी रंगपुरटाडीका प्रहरी सहायक निरीक्षक सर्फलाल यादवले जानकारी दिए ।

आगलागीमा परि २ वटा भैंसी पनि जलेर गम्भीर घाइते भएको यादवले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस