भारतबाट नेपाल ल्याउदै गरेको कछुवासहित १ जना वीरगंजमा पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ जेष्ठ ३०, सोमबार (३ साल अघि)
  • ४ पटक पढिएको
भारतबाट नेपाल ल्याउदै गरेको कछुवासहित १ जना वीरगंजमा पक्राउ

वीरगंज । जेठ ३० गते ।
भारतबाट नेपाल तर्फ ल्याउदै गरेको वन्यपशुपन्क्षी कछुवा सहित प्रहरीले बाराका एकजनालाई वीरगंजमा पक्राउ गरेको छ ।

सोमबार बिहान साढे ९ बजेको समयमा वीरगंज महानगरपालिका वडा नम्बर १६ ईनर्वागाउँको बाटो हुदै भारत बाट अबैद्ध रुपले नेपालमा ल्याउदै गरेको वन्यपशुपन्क्षी कछुवा ११३ वटा सहित उनलाई पक्राउ गरिएको प्रहरीले जानाएको छ ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ४५ बर्षीय आनन्दलाल टेमानी रहेका छन ।

बिशेष सुराकीको आधारमा खटिएको पर्सा प्रहरीको टोलीले भारतबाट नेपाल आउदै गरेको बीआर ०५ ए एफ ०५८३ नम्बरको भारतीय मोटरसाईकललाई रोकेर चेकजाच गर्दा ११३ वटा कछुवा फेला परेपछि टेमानिलाई पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकास खनालले जानकारी दिनुभयो ।

कछुवा सहित पक्राउ परेका टेमानिलाई वन्यजन्तु सरंक्षण ऐन सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान गर्नको लागी डिभिजन वन कार्यालय पर्सामा बुझाइएको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस