कटहरियाका नगर प्रमुख अजय प्रकाशले शुक्रबारका दिन छैटो नगरसभामा सहभागि हुन नगरवासीलाई दिए निमन्त्रणा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ अषाढ ९, बिहिबार (३ साल अघि)
  • ४ पटक पढिएको
कटहरियाका नगर प्रमुख अजय प्रकाशले शुक्रबारका दिन छैटो नगरसभामा सहभागि हुन नगरवासीलाई दिए निमन्त्रणा

राैशन चाैधरी ।
असार ०९ ,रौतहट
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा भोली शुक्रबार छैटो नगरसभा हुनेछ । ।आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने नगर सभा प्रारम्भ गर्न लागिएको छ । नगरपालिकाका नगर प्रमुख अजय प्रकाश छैटो नगरसभामा सहभागि हुन समपुर्ण नगरवासीलाई निमन्त्रणा दिए छन ।

कानुनत् स्थानीय तहहरुले असार १० गतेभित्र आ–आफ्नो गाउँ तथा नगर सभामा नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नु पर्ने व्यवस्था छ ।सोही बमोजिम कटहरिया नगरपालिकाले भोली सरकारको नियम अनुसार नगर सभा गर्न लागेको हो ।
त्यस्तै बृन्दावन नगरपालिकामा भोली छैटो नगरसभा गर्ने छ । आर्थिक वर्ष नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने लागिएको नगरपालिकाका नगर प्रमुख राम बिनोद प्रसाद कुर्मिले जानकारी दिए छन ।

कटहरिया नगरपालिकाको बुद्धजिवी ,राजनेतिककर्मि,सुरक्षाकर्मि ,बिधार्थीबर्ग ,न्यायप्रेमी ,शिक्षाबिद,सरकारी ,गैरसरकारी , भद्रभलादमि र पत्रकारहरुलाई छैटो नगर सभामा आई नगर सभाको सोभा बढाई दिन नगर प्रमुख अजय प्रकाश जयसवालले हार्दिक आमन्त्रणा गरेका छन ।

जिल्लाका अन्य पालिकाहरुले भने भोली गाउँ तथा नगर सभा सुरु गर्ने तयारी गरिरहेका छ ।

त्यसतै गरुडा नगरपालिकाको २०७९÷०८० को सातौँ नगरसभा असार १० गते शुक्रबारका दिन कलवार कल्याण धर्मशाला गरुडामा दिनको १ बजे हुने भएको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले जानकारी दिएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस