देवाही गाेनाहीमा प्रहरीले गरे घरेलुु मदिरा नष्ट

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ अषाढ १२, आईतबार (३ साल अघि)
  • ४ पटक पढिएको
देवाही गाेनाहीमा प्रहरीले गरे घरेलुु मदिरा नष्ट


सागर संगम ठाकुर ।
रौतहट ,असार १२ गते ।

रौतहट प्रहरीले बरामद गरिएको घरेलु मदिरा नष्ट गरेकाे छ । जिल्लाको देवाही गोनाही बाट नियमित रुपमा खटिएका प्रहरी गस्ती टोलीले शनिबार राति मौलापुर र टिकुलियाकाे बिच भागमा पर्ने लाल बकैया पुलबाट बरामद गरिएको १५० लिटर घरेलु दारु नष्ट गरिएको प्रहरीले बताएका छन ।आईतवारका दिन ईलाका प्रहरी कार्यलय देवाही गाेनाहीका प्रहरी निरिक्षक गाेबिन्द साहकाे राेहवरमा स्थानीय भद्र भलादमी बुद्धिजीवी र पत्रकारकाे उपस्थितिमा उक्त घरेलु दारु नष्ट गरिएको प्रहरीले बताए । बिगत एक लामो समय देखि रौतहट प्रहरीले जिल्लामै घरेलु मदिरा नष्ट गर्ने अभियान चलाउदै आएको प्रहरीले बताएका हुन ।

ताजा अपडेट

खोजी गर्नुहोस