नव निर्वाचित एन्फा पदाधिकारीलाई प्रधानमन्त्री देउवाले दिए बधाई

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ अषाढ १५, बुधबार (३ साल अघि)
  • ५ पटक पढिएको
नव निर्वाचित एन्फा पदाधिकारीलाई प्रधानमन्त्री देउवाले दिए बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित कार्यसमिति सदस्यहरुलाई बधाई दिएका छन् । प्रधानमन्त्रीले बुधबार नवनिर्वाचित टोलीलाई सरकारी निवास बालुवाटारमा बोलाएर बधाई दिएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले देशमा फुटबलको विकासका लागि सरकारले सहयोग गर्ने आश्वासन पनि दिए । ‘खेलको विकासका लागि मिलेर काम गर्दा सरकार सधै तपाईको साथमा रहनेछ,’ प्रधानमन्त्री देउवाले बधाई दिने क्रममा भने । एन्फाको २१ औँ चुनावी साधारणसभाबाट अध्यक्षमा पंकजविक्रम नेम्वाङ र वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का निर्वाचित भएका थिए । त्यस्तै उपाध्यक्षमा दावा लामा, विराटजंग शाही, दिपक खतिवडा र दीर्घबहादुर केसी विजयी भएका थिए ।

सदस्य (महिला) मा सरला श्रेष्ठ र पेमा डोल्मा लामा निर्वाचित भएका थिए सदस्यहरूमा मनिष जोशी, अनिल मल्ल, रवीन्द्र चन्द, विकासनारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रमेश व्यञ्जनकार, मणिराज विष्ट, टीकाराम लामा र भरत रहेका छन् । 

ताजा अपडेट

खोजी गर्नुहोस