मधेश प्रदेशसभाको बैठक २० असारमा बस्ने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ अषाढ १६, बिहिबार (३ साल अघि)
  • ४ पटक पढिएको
मधेश प्रदेशसभाको बैठक २० असारमा बस्ने

१६ असार, जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक आगामी असार २० गते बस्ने भएको छ ।

बैठक २० गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए ।

असार १ गते बजेट प्रस्तुत गरेपछि प्रदेश सभाको बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो । प्रदेश सभा सचिवालयका सचिव यादवका अनुसार २० गतेको बैठकमा बजेटमाथि छलफल हुनेछ । केही विधेयकमा छलफलसमेत हुने उनले बताए ।

१ असारमा अर्थमन्त्री शैलेन्द्र साहले आगामी आर्थिक बर्ष २०७९/८० का लागि रु ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस