बालाजुमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ श्रावण १, आईतबार (३ साल अघि)
  • ४ पटक पढिएको
बालाजुमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौँको बालाजुमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१६ बालाजुस्थित सडकमा बा.५ ख २८७२ नम्बरको बस र बा.७० प ६१२८ नम्बरको मोटरसाइकल शनिबार दिउँसो एक आपसमा ठक्कर खाएको थियो । दुर्घटनामा मोटरसाइकल चालक नागार्जुन नगरपालिका-१ रानीवन बस्ने २८ वर्षीय रोमन थापा मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस