मधेस प्रदेश सरकारले होटेलसँग पर्यटन शुल्क बापत कर लिने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ श्रावण १२, बिहिबार (३ साल अघि)
  • ७ पटक पढिएको
मधेस प्रदेश सरकारले होटेलसँग पर्यटन शुल्क बापत कर लिने

मधेस प्रदेश सरकारले होटलसँग पाँच हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्म कर लिने भएको छ । मधेस प्रदेशमा रहेका होटलहरूसँग प्रदेश सरकारले पर्यटन शुल्कबापत कर लिने भएको हो । चालु आर्थिक वर्षका लागि मधेस प्रदेश सरकारले ल्याएको बजेटमा होटल र साहसिक खेलमा पर्यटन शुल्क तोकिएको छ । आर्थिक ऐनले पर्यटन शुल्कको दर तोकेपछि होटलवालाले पनि पर्यटकहरूसँग बढी शुल्क लिने भएका छन् ।

तोकिएको दर रेट अनुसार अब साधारण प्रकृतिको होटलले वार्षिक पाँच हजार रुपैयाँ शुल्क मधेस प्रदेश सरकारलाई तिर्नु पर्ने हुन्छ । त्यस्तै पर्यटकस्तरीय साधारण होटलले प्रदेश सरकारलाई वार्षिक १० हजार रुपैयाँ र पर्यटकस्तरीय डिलक्स होटलले ४० हजार रुपैयाँ वार्षिक पर्यटन शुल्क तिर्नुपर्ने जनाइएको छ ।

प्रदेशमा रहेका डान्सबार, होटल, कफिसप, साउना, ज्याकुजी, जिमक्लब, स्विमिङ पुल, हेल्थ क्लब, ब्युटीपार्लर र नाइट क्लब सञ्चालन गर्नेहरुले पर्यटन शुल्क बापत प्रदेश सरकारलाई कर तिर्नुपर्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस