अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा, बेलुका शपथ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ श्रावण १५, आईतबार (३ साल अघि)
  • ३ पटक पढिएको
अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा, बेलुका शपथ

नेकपा माओवादी केन्द्रले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका छन् । सोहीअनुसार शर्माको आज नियुक्ति भएर आइतबार बेलुका नै शपथ दिलाउने तयारी भएको  माओवादी केन्द्रीय कार्यालय निकट श्रोतले जानकारी दियो ।  ‘अध्यक्षले प्रधानमन्त्रीकहाँ स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गर्न निर्देशन दिनुभएको छ, उहाँको आजै बेलुका शपथ हुन्छ’, श्रोतले भन्यो । शर्माको नियुक्तिका लागि सिफारिस पत्र बोकेर आइतबार बिहानै प्रचण्ड बालुवाटार पुगेका थिए । अब सरकारको सिफारिसअनुसार राष्ट्रपतिले शर्मालाई नियुक्ति गरेर शपथ गराउनेछिन् ।  बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए । तर, संसदीय छानबिन समितिले शर्मालाई निर्दोष ठहर गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस