करेन्ट लागेर १० बोलबम तीर्थयात्रीको मृत्यु, १६ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ श्रावण १७, मंगलबार (३ साल अघि)
  • ५ पटक पढिएको
करेन्ट लागेर १० बोलबम तीर्थयात्रीको मृत्यु, १६ जना घाइते

पश्चिम बङ्गालको कुचबिहार जिल्लाबाट पिकअप भ्यान चढेर जल चढाउन जलपाइगुडी जिल्लाको जल्पेश मन्दिरमा गइरहेका कम्तीमा १० बोलबम तीर्थयात्रीको करेन्ट लागेर मृत्यु भएको छ । यस दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । घाइतेहरूलाई जलपाईगुडीको सुपर स्पेशलिटी अस्पतालमा भर्ना गरिएको छ।

डिजे बजाउनको लागि पिकअप भ्यानमा राखिएको जेनेरेटरमा सर्ट भएर दुर्घटना भएको प्रहरीको अनुमान छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । कूच बिहार जिल्लाको माथाभाङ्गाका अतिरिक्त पुलिस अधीक्षक अमित वर्माले भने, “गाडीमा जेनेरेटरबाट डीजी बजाइएको थियो। सर्ट सर्किटका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।’

उनले भने कि १६ जना घाइतेलाई जलपाईगुडीको अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले गाडीलाई नियन्त्रणमा लिएको छ भने चालक भने फरार छन् । भ्यानमा सवार सबै बोलबम तीर्थयात्री सेतालकुचीका बासिन्दा थिए । दुर्घटनाबारे उनीहरूको परिवारका सदस्यलाई जानकारी गराइएको छ ।

कुचबिहारको सेटलकुचीबाट आएका तीर्थयात्रीहरूको समूहमा २७ जना रहेको प्रहरीले जनाएको छ । छेङ्दबन्धको धरला खोलाको पुल पार गर्ने क्रममा दुर्घटना भएको हो ।

कैयौं तीर्थयात्री अचेत अवस्थामा परेको देखेर भ्यान चालकले उनीहरुलाई छेङ्दबन्ध अस्पताल पुर्याएका थिए । त्यहाँ चिकित्सकले १० जनालाई मृत घोषणा गरेका थिए । जेनेरेटरमा सर्ट भएर दुर्घटना भएको घाइतेहरुले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस