कपड़ा पसलको आडमा अवैध कारोबार,गौरका मुकेश अग्रवाल दोहरो नागरिक

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ श्रावण १७, मंगलबार (३ साल अघि)
  • ४ पटक पढिएको
कपड़ा पसलको आडमा अवैध कारोबार,गौरका मुकेश अग्रवाल दोहरो नागरिक

१७ साउन/राैतहट

गौर नगरपालिका वडा नं.१ का प्रेम लाल अग्रवालका छोरा मुकेश अग्रवाल रौतहट जिल्लामा नाम चलेको पुरानो कपड़ा व्यापारी हुन्।

कपड़ा पसलको आडमा मुकेशले हुण्डी र मिटरब्याजीको काम समेत गर्ने गरेको पोल खुलेको छ।

हुण्डीको कारोबारलाई सहज तुल्याउन मुकेश अग्रवालले भारतमा समेत जग्गा जमीन र बैंक खाता खोलेका छन्।

मुकेश अग्रवालले आफ्नो र आफ्नो श्रीमति बन्दना अग्रवाल र २५ वर्षीय छोरा नितेशको नाम समेत भारतीय मतदाता नामावलीमा दर्ता गराएका छन्।

यस सन्दर्भमा बुझ्दा उनले धेरैको यता र उता दुबै तिरको छ, मेरो मात्र छैन भनि आफू पनि दुबै तिरको नागरिक रहेको स्वीकारे।

विगतको नजीर हेर्दा प्रहरीले दोहरो नागरिकता लिएको थाहा पाएमा पक्राउ गरेर मुद्दा चलाएको थुप्रै घटनाहरू प्रकाशमा आएका छन्।

मुकेश जस्ता आर्थिक अपराधीहरूलाई पनि तत्काल हिरासतमा लिएर अनुसन्धान प्रकृया अगाडी बढ़ाउन सकिएमा मात्र आर्थिक अपराधीहरू तह लाग्न सक्छन्।

ताजा अपडेट

खोजी गर्नुहोस