मंसिर ४ गते चुनाव गर्ने सत्ता गठबन्धनमा सहमति, भोलि मिति घोषणा हुने सम्भावना

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ श्रावण १८, बुधबार (३ साल अघि)
  • ४ पटक पढिएको
मंसिर ४ गते चुनाव गर्ने सत्ता गठबन्धनमा सहमति, भोलि मिति घोषणा हुने सम्भावना

मंसिर ४ गते संघीय तथा प्रदेशसभा निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको एक नेताले बताए । ती नेताका अनुसार सत्ता गठबन्धनमा भएको सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनावका मिति घोषणा गर्ने छ । जसअनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सम्भावना रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस