पर्साको पटेर्वासुगौलीमा ट्रैक्टर सहित १२ थान काचो शालको गोलीया बरामद तस्कर फरार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ श्रावण २०, शुक्रबार (३ साल अघि)
  • ४ पटक पढिएको
पर्साको पटेर्वासुगौलीमा ट्रैक्टर सहित १२ थान काचो शालको गोलीया बरामद तस्कर फरार

पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ पथलहवा खोलाबाट अवैध हरियो सालको गोलीया बरामद भएको छ । 

इलाका प्रहरी कर्यालय पटेर्वा सुगौलीका प्रहरी निरिक्षक किशोर अचार्य र डिभिजन बन कार्यालय रंगपुरटाडीका बनगस्तिको संयुक्त टोलीले प्रदेश २–०३–००१ – त – ६०४७ नम्बरको ट्रैक्टर सहित १२ थान काचो शाल अन्दाजी ५५ क्यु फिट गोलीया बरामद गरेको हो ।

पर्साको राष्ट्रिय बन क्षेत्रबाट अबैधरुपमा कटान गरी ट्रैक्टरमा लोड गरी ल्याउँदै गरेको अवस्थामा विशेष सुचनाको आधारमा राती प्रहरी र बनगस्ति टोलीले सो ट्रैक्टर सहित शालको गोलीया बरामद गरेको हो । प्रहरीको टोलीलाई देख्ने बित्तिकै ट्रैक्टर चालक र काठ तस्कर फरार भएका थिए । बरामद गरिएको काठ सहितको ट्रैक्टर डिभिजन बन कार्यालय वीरगञ्ज पर्सामा बुझाएको तथा फारार रहेका चालक र काठ तस्करहरुको खोजी कार्य भैरहेको सब डिभिजन बन कर्यालय रंगपुरटाडीका सहायक बन अधिकृत कपिलदेव यादवले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस