वीरगञ्जमा बोर्डिङ स्कुलको पछाडिबाट २ सय ४० किलो गाँजा बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ श्रावण २१, शनिबार (३ साल अघि)
  • ३ पटक पढिएको
वीरगञ्जमा बोर्डिङ स्कुलको पछाडिबाट २ सय ४० किलो गाँजा बरामद

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ छपकैयाबाट सशस्त्र प्रहरीले लागुऔषध गाँजा २ सय ४० किलो बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर वीरगञ्जबाट खटिएको टोलीले गाँजा बरामद गरेको हो ।

बाल निकेतन इङ्ग्लिस बोर्डिङ स्कुलको पुरानो भवन पछाडिको झाडीमा लुकाएर राखिएको २ सय ४० गाँजा बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिए ।

बरामद गरिएको गाँजा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस